कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबलको उपाधि कोशीलाई

विराटनगर — कोशी प्रदेश मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि कोशी प्रदेशले जितेको छ । बिहीबार भएको फाइनल खेलमा सुदुरपश्मिच प्रदेश विरुद्ध दुई सेटले पछि परेको स्थितिलाई उल्टाउँदै कोशीले उपाधि हात पारेको हो ।

मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबलको उपाधि कोशीलाई

कोशीले तेस्रो २५–२३ चौँथो २५–१८ र पाँचौ सेट १५–१३ ले लगातार जित्दै तीन लाख नगद पुरस्कार सहित ट्रफी थापेको हो ।

सुदुरपश्चिमले एकलाख ५० हजारमा चित्त बुझायो । उसले पहिलो र दोस्रो सेट समान २६–२४ ले आफनो पक्षमा पारेको थियो । चार प्रदेशको सहभागिता रहेको प्रतियोगितामा मधेश प्रदेश तेस्रो हुँदै ७४ हजार र चौथो भएको बागमती प्रदेशले ५० हजार हात पार्‍यो ।

प्रतियोगिताको उत्कृष्ट स्पाइकरमा मधेश प्रदेशकी नेहा चौधरी, उत्कृष्ट सेन्टरमा सुदुरपश्चिमकी रेखा ठगुन्ना, उत्कृष्ट सर्भर सुदुरश्चिमकी रितीका कडायत र उत्कृष्ट ब्लकर कोशीकी सुनिता राई, उत्कृष्ट डिफेन्डर कोशीकी मोनिका श्रेष्ठ र उत्कृष्ट खेलाडी कोशीकै सुनिता खडतका घोषित भइन् ।

प्रकाशित : असार २७, २०८१ २०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×