कान्तिपुर वेबसाईट
AdvertisementSponsored
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

आत्मविश्वासी डेनमार्कको उद्देश्य

रोयटर्स

म्युनिख — डेनमार्कले यस युरोको लिग चरणको आफ्नो अन्तिम खेलमा मंगलबार सर्बियाको सामना गर्नेछ । यो टिम आफैंमा आत्मविश्वासी रहनेछ । कारण हो, जितले टोलीलाई समूह ‘सी’ बाट नकआउट चरण पुर्‍याउने छ । सर्बिया आफैं पनि उत्साही छ, किनभने टोलीले स्लोभेनियाविरुद्ध जसरी अन्तिम क्षणमा बराबरी निकालेको छ, त्यो कमाल छ ।

आत्मविश्वासी डेनमार्कको उद्देश्य

डेनमार्कले युरोमा सेमिफाइनल तय गरेको थियो ।

यसपल्ट पनि टोलीले इंग्ल्यान्डविरुद्ध १–१ बराबरीमै राम्रो प्रदर्शन गरेको छ । कास्पर हिजलमन्डको नेतृत्वमा डेनमार्कले शृंखलाबद्ध राम्रो खेलिरहेको छ । इंग्ल्यान्डविरुद्धको त्यसै खेललाई लिएर उनी भन्छन्, ‘यो बराबरीको नतिजा केही हदसम्म निराशाजनक छ । तर हामीले त्यसैले नै यो खेल खेल्यौं, जसरी डेनमार्कले खेल्ने गर्छ । हामीले खेल्ने नै यसरी हो । हाम्रो खेलमा एकातर्फ संयमित पाइन्छ भने अर्कोतर्फ तीव्र आक्रमण ।’

यो नतिजापछि यो समूहमा २ अंकसहित डेनमार्क दोस्रो स्थानमा छ । यो शीर्षमा रहेको इंग्ल्यान्डसँग २ अंकको दूरी हो । स्लोभेनिया तेस्रो स्थानमा छ । टोलीको पनि २ अंक नै छ । डेनमार्कले सर्बियालाई हराउने हो टोलीलाई नकआउट चरण पुग्न पर्याप्त हुनेछ । तर डेनमार्कले यो खेल गुमाउँछ र अर्को खेलमा स्लोभेनिया पराजित हुँदैन भने त्यसको अर्थ प्रतियोगिताबाट बाहिर नै हो । डेनमार्क र स्लोभेनिया दुवैले बराबरी खेल्छ भने तेस्रो स्थानका लागि उनीहरूबीच गोलअन्तर र अन्य तथ्य आउने छ ।

सर्बियालाई भने यो खेलमा राम्रो गर्ने हो भने टोलीले इंग्ल्यान्डविरुद्धको खेलमा जस्तै प्रदर्शन दोहोर्‍याउनुपर्नेछ । विशेषतः इंग्ल्यान्डविरुद्ध दोस्रो हाफमा सर्बिया उत्कृष्ट नै

रह्यो । सर्बियासामु पनि छनोट अवसर छ र यसका लागि टोलीले डेनमार्कलाई हराउनुपर्नेछ र अन्य खेलमा स्लोभेनियाले इंग्ल्यान्डलाई पराजित नगरोस् । सर्बियाली प्रशिक्षक ड्रागनर स्टोकोभिच भन्छन्, ‘हाम्रो उद्देश्य जित नै हुनेछ । यसका लागि हामी आक्रामक र आकर्षक फुटबल खेल्नेछौं ।’

प्रकाशित : असार ११, २०८१ ०७:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एसईई परीक्षाको नतिजामा ५२ प्रतिशत विद्यार्थी नन्‌ग्रेडिङ (एनजी) मा पर्नुको कारण के होला ?

x
×