कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

सहाना प्रधान स्मृति यू–१९ भलिबल सुरु

काठमाडौँ — प्रथम सहाना प्रधान स्मृति यू–१९ पुरुष तथा महिला भलिबल प्रतियोगिता त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा सुरु भएको छ ।

प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार गरे । पहिलो दिन महिलातर्फ लुम्बिनीले मधेश प्रदेशलाई २५–१४, २५–१२, २५–१३ ले पराजित गर्‍यो भने खेलमा लुम्बिनीकी आरती चौधरी प्लेयर अफ द म्याच भइन् ।

आइतबारको पुरुषतर्फको खेलमा वाग्मती र कोशी प्रदेशले सफलता पाएका छन् । वाग्मतीले पहिलो सेट गुमाउनुका बाबजुद मधेश प्रदेशविरुद्ध २३–२५, २५–१७, २५–२२, २५–१७ ले हरायो । यस खेलमा वाग्मतीका विजयजंग बुढा प्लेयर अफ द म्याच भए ।

कोशी प्रदेशले लुम्बिनीविरुद्ध प्रतिस्पर्धात्मक सेटमा खेल जित्यो । ३–२ को सेटमा नतिजा निकाल्दा कोशीले पहिलो दुई सेट २६–२४, २५–२२ ले गुमाएको थियो । त्यसपछि खेलमा फर्केको कोशीले २५–२३, २५–२०, १५–१२ ले सेट आफ्नो पक्षमा पार्दै सुरुआती खेल जितेको थियो ।

मुख्य प्रायोजकमा सीजी फुड्सको वाईवाई रहेको प्रतियोगिताको मिडिया पार्टनरमा केएमजीको कान्तिपुर म्याक्स टेलिभिजन रहेको छ । खेलहरू कान्तिपुर म्याक्सबाट प्रत्यक्ष प्रसारण भइरहेको छ ।

असार १५ सम्म चल्ने प्रतियोगिता दुवैतर्फका विजेताले ३ लाख, दोस्रोले २ लाख, तेस्रोले १ लाख रुपैयाँ प्राप्त गर्नेछन् । दुवैका सर्वोकृष्ट खेलाडीले जनही २५ हजार र विधागत उत्कृष्टले जनही १० हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ ।

प्रकाशित : असार १०, २०८१ ०६:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एसईई परीक्षाको नतिजामा ५२ प्रतिशत विद्यार्थी नन्‌ग्रेडिङ (एनजी) मा पर्नुको कारण के होला ?

x
×