कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

एनओसी अवार्डमा एरिका र स्यान्टु उत्कृष्ट

काठमाडौँ — करातेकी एरिका गुरुङ र टेबलटेनिसका स्यान्टु श्रेष्ठ एनओसी अवार्ड २०२४ मा सर्वोत्कृष्ट खेलाडी भएका छन् । राजधानीमा आइतबार ओलम्पिक डेको अवसरमा आयोजित कार्यक्रमबीच एरिका उत्कृष्ट महिला र स्यान्टु उत्कृष्ट पुरुष खेलाडी भएका हुन् । 

एनओसी अवार्डमा एरिका र स्यान्टु उत्कृष्ट

एरिकाले चीनको हाङचाउमा भएको एसियाली खेलकुदमा ऐतिहासिक रजत पदक जितेकी थिइन् । स्यान्टु यसै वर्ष पेरिस ओलम्पिकलाई दक्षिण एसियाली छनोट जितेर सिधै छनोट भएका थिए ।

उत्कृष्ट प्रशिक्षकमध्ये पुरुषमा करातेका कुशल श्रेष्ठ र महिलामा कबड्डीकी पार्वली राईले एनओसी अवार्ड पाए । कुशल हाङचाउ एसियाली खेलकुदमा एरिकाका प्रशिक्षक थिए । पार्वतीले हाङचाउ एसियाली खेलकुदमा महिला कबड्डीले कांस्य पदक जित्दाकी प्रशिक्षक थिइन् ।

पारा एथलिटतर्फको अवार्ड तेक्वान्दोकी पलेसा गोवर्धनले पाइन् । उनले हाङचाउ चौथो पारा एसियाली खेलकुदमा कांस्य पदक जितेकी थिइन् । उनी पेरिसमा हुने पारा ओलम्पिकमा पनि छनोट भएकी छन् ।

नेपाल भलिबल संघ भने वर्ष २०२४ को उत्कृष्ट संघ घोषित भयो । ‘प्रेसिडेन्टल रिकगनेसन’ भने अखिल नेपाल कबड्डी संघ, नेपाल कराते महासंघ, नेपाल तेक्वान्दो संघ र पर्वतारोही तथा आर्चरी खेलाडी पासाङ भोटेलाई प्रदान गरिएको थियो ।

दुई कान्तिपुरकर्मी पुरस्कृत

पत्रकारिता अवार्डतर्फ छापामा कान्तिपुर दैनिकका खेलकुद पत्रकार ध्रुव तुलाधर, खेलकुद भिडियो जर्नालिस्टतर्फ कान्तिपुर टेलिभिजनका प्रदीप लेखीसहित अनलाइन मिडियामा नवीन लुइँटेल, स्पोर्ट्स फोटो जर्नलिस्टमा उज्ज्वल डंगोल उत्कृष्ट चुनिएका थिए । अवार्ड विजेता खेलाडी, प्रशिक्षक तथा सञ्चारकर्मीले जनही ५० हजार रुपैयाँ पाएका थिए । गीता राणाको संयोजकत्वमा विभिन्न क्षेत्रका ८ व्यक्तित्व सम्मिलित प्रोफाइल जज प्यानलले उत्कृष्टको छनोट गरेको थियो ।

प्रकाशित : असार १०, २०८१ ०६:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एसईई परीक्षाको नतिजामा ५२ प्रतिशत विद्यार्थी नन्‌ग्रेडिङ (एनजी) मा पर्नुको कारण के होला ?

x
×