कान्तिपुर वेबसाईट
AdvertisementSponsored

फेरि आमनसामने हुँदै डेनमार्क र स्लोभानिया 

काठमाडौँ — डेनमार्क र स्लोभानिया आइतबार युरोको समूह ‘सी’ मा भेट्दा यो पुराना प्रतिद्वन्द्वी फेरि एक आपसमा सामना गरेको भिडन्त हुनेछ । छनोट चरणमा उनीहरू एउटै समूहमा थिए, त्यसमा डेनमार्कले स्लोभानियालाई पछाडि छाडेको थियो ।

फेरि आमनसामने हुँदै डेनमार्क र स्लोभानिया 

दुवै स्वतः छनोट भने भए समान २२ अंकमा । डेनमार्क अगाडि रह्यो, किनभने टोलीको प्रदर्शन स्लोभानियामाथि राम्रो थियो । तर यिनै दुई टिम भिड्दा सन् २०२० को संस्करणमा सेमिफाइनल पुगेको डेनमार्क फरक टिम रहनेछ ।

डेनमार्कका सहायक प्रशिक्षक मोर्टेन वेघरोस्टले भनेका छन्, ‘स्लोभानिया कस्तो टिम हो, त्यो हामीलाई राम्रोसँग थाहा छ । यो निकै स्तरीय टिम हो । त्यसैले समूह चरणको खेल निकै प्रतिस्पर्धात्मक हुनेछ । हामीले छनोटमा सँगै खेल्यौं । तर युरोमा खेल्नु र छनोटमा खेल्नु फरक हो । कुनै पनि टिमले तेर्स्याउन चुनौती आफैंमा कडा हुने गर्छ ।’ उनी के पनि मान्छन् भने युरोमा खेल्ने मानसिकता र छनोटलाई लिने सोचमा पनि धेरै अन्तर हुन्छ अनि परिस्थिति फरक ।

तर, डेनमार्कलाई लिएर एउटा समस्या छ, यो टिम जत्तिकै राम्रो भएता पनि प्रतिद्वन्द्वीमाथि गोल गर्न संघर्षरत हुने गर्छ । विश्वकप २०२२ मा डेनमार्कलाई लिएर यस्तै समस्या आएको थियो । त्यसैले यो टिम नकआउट चरण पनि पुग्न सकेन, लिग चरणबाटै बाहिरियो । यसको ठीक विपरीत स्लोभानिया अहिले लयमा छ । भर्खरै पोर्चुगलविरुद्धको मैत्रीपूर्ण खेल पनि टोलीले जितेको छ । स्लोभानिायाको एकमात्र उद्देश्य जित नै हुनेछ, किनभने त्यसपछिका चुनौती गाह्रै हुनेछ ।

स्लोभानियाको अर्को प्रतिद्वन्द्वी सर्बिया रहेको छ भने डेनमार्कले बलियो इंग्ल्यान्डको सामना गर्नेछ । डेनमार्क मूलतः एकै खेलाडीको प्रदर्शनमा टिक्ने छ । उनी अरू कोही नभएर क्रिस्टियन एरिक्सन हुनेछन् । युरो २०२० का क्रममा उनी फिनल्यान्डविरुद्धको खेलमा मैदानमै हृदयघातको सिकार भएका थिए । यसका बावजुत उनी फेरि खेलमा फर्केका छन् । उनी त्यस्ता खेलाडी हुन्, जसले एक्लै खेलको दिशा आफ्नो पक्षमा पार्न सक्छन् र विपक्षी टिमको सम्मान पनि रहने गर्छ ।

प्रकाशित : असार २, २०८१ ०७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

८ देशका लागि सिफारिस भएका राजदूतको नाम कस्तो लाग्यो ?

x