कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

राष्ट्रिय उसु प्रतियोगिता हुने

काठमाडौँ — नेपाल उसु महासंघको आयोजनामा १६ औं राष्ट्रिय उसु प्रतियोगिता असार २ देखि हुने भएको छ । प्रतियोगितामा विभिन्न ४० जिल्ला र तीन विभागीय टोलीलाई आमन्त्रण गरिएको उसु महासंघका उपमहासचिव राजीव महर्जनले जनाएका छन् ।

करिब २ सय ५० खेलाडीको सहभागिता अपेक्षा गरिएको आयोजकले जनाएको छ । थाउलो र सान्डामा गरी २७ स्पर्धामा खेल हुनेछ ।

शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । तीनदिने प्रतियोगिताका खेल त्रिपुरेश्वरस्थित राखेप सेमिकभर्डहलमा हुनेछ ।

प्रकाशित : जेष्ठ २८, २०८१ ०६:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

x
×