कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

पाँचौं थाहा गोल्डकपको उपाधि ऋषेश्वर-११ लाई

प्रताप विष्ट

हेटौंडा — पाँचौं थाहा गोल्डकपको उपाधि थाहा नगरपालिका-४ दोबाटोस्थित ऋषेश्वर- ११ फुटबल क्लबले हात पारेको छ। थाहा नगरपालिकाको इन्न्द्रायणी चौर खेल मैदानमा बुधवार भएको फाइनल खेलमा चित्लाङ खेलकुद बिकास समितिलाई ७–० को फराकिलो गोल अन्तरले पराजित गर्दै ऋषेश्वर-११ ले उपाधि हात पारेको हो।

पाँचौं थाहा गोल्डकपको उपाधि ऋषेश्वर-११ लाई

ऋषेश्वरको जितमा अमित तामाङले १ गोल, रिचार्ड विल्सनले ३ गोल, सन्जोग मोक्तानले १ गोल र सुनिल तामाङले २ गोल गर्दै टिमलाई बिजयी गराए। मंगलवार हुने भनिएको फाइनल खेल वर्षाका कारणले रोकिएकाले बुधवार संचालन गरिएको थियो ।

प्रतियोगितामा हाइ स्कोरर ऋषेश्वर-११ का रिचार्ड विल्सन हुँदा बेस्ट डिफेन्डर ऋषेश्वरकै अमित तामाङ र उत्कृष्ट गोलकिपर ऋषेश्वरका नवीन सिलवाल घोषित भए । प्रतियोगिताको उत्कृष्ट खेलाडी ऋषेश्वर-११ का प्रदिप गुरुङ घोषित भए ।

उपाधि हात पारेसंगै ऋषेश्वर-११ ले २ लाख सहित ट्रफी, मेडल तथा प्रमाणपत्र हात पारे भने उपबिजेता चित्लाङले १ लाख सहित मेडल तथा प्रमाणपत्र प्राप्त गरे ।

प्रकाशित : जेष्ठ १६, २०८१ १९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×