कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

एनसीसीएसमा काठमाडौंको दोस्रो जित

काठमाडौँ — एनसीसीएस आमन्त्रण भ्याली कप टी–२० क्रिकेट प्रतियोगितामा महिलातर्फ काठमाडौं जिल्लाले दोस्रो जित निकालेको छ ।

एनसीसीएसमा काठमाडौंको दोस्रो जित

मूलपानी क्रिकेट मैदानमा बुधबार काठमाडौंले ललितपुरलाई ३१ रनले पराजित गरेको थियो । काठमाडौंले निर्धारित २० ओभरमा ३ विकेट गुमाई १ सय ३० रन बनायो । त्यसमा अस्मिता खरेलले ३७, कञ्चन श्रेष्ठले ३६ र एली यादवले अविजित १८ रन बनाए । ललितपुरका मनीषा उपाध्याय र सम्भाव्य ढकालले १–१ विकेट लिए ।

जवाफमा ललितपुरले ५ विकेट गुमाई ९९ रनमात्र बनाउन सक्यो । यशु पाण्डेले ३५, सविका यादवले १६ र रेखा तामाङले अविजित १६ रन बनाए । काठमाडौंबाट संस्कृति फुयाल, विपिशा शाही र ऐली यादवले समान १ विकेट लिए । अस्मिता प्लेयर अफ द म्याच भइन् ।

पुरुषतर्फ पल्सर सीईसी काठमाडौंले भक्तपुर क्रिकेट सेन्टरलाई ५ विकेटले हरायो । ९३ रनको लक्ष्य सीईसीले १५.१ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको थियो । सोनु देवकोटाले ३४, दीपेन्द्र रावतले २६ र सूर्य तामाङले १२ रन बनाए । भक्तपुरका विकास अग्री र अमर बर्तौलाले समान २ तथा दीपक बोहराले १ विकेट लिए ।

त्यसअघि भक्तपुर सेन्टरले ९ विकेट गुमाई ९२ बनाउॅदा पूरन थापाले अविजित ३५, दीपक बोहराले ११ र विनोद तामाङले ८ रन बनाए । सीईसीका सूर्य तामाङले ११ रन दिएर ४ विकेट लिए । सोनु देवकोटाले २ र युनिसविक्रम सिंहले १ विकेट लिए । अलराउन्ड प्रदर्शन गरेका सूर्य तामाङ प्लेयर अफ म्याच भए ।

प्रकाशित : जेष्ठ १६, २०८१ १८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×