कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

चाबहिल स्पोर्ट्स क्लब विजयी 

काठमाडौँ —  चाबहिल स्पोर्ट्स क्लबले तेस्रो वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगितामा बिहीबार सुनाखरी क्लबलाई २–१ ले हराएको छ ।

चाबहिल स्पोर्ट्स क्लब विजयी 

चाबहिलका निमा लामा र म्यान अफ द म्याच कृष्ण शाक्यले गोल गरे । सुनाखरीका टीकाबहादुर पुनले एक गोल फर्काए । चाबहिल खेल मैदानमा फ्रिडम ‘ए’ ले एजे भेट्रानलाई टाइब्रेकरमा ३–२ ले हरायो । निर्धारित समयमा ३–३ को बराबरी भएको थियो । विजेताका गोलरक्षक सन्जित

खड्गी म्यान अफ द म्याच भए । फ्रिडम ‘बी’ ले थापागाउँलाई ६–१ ले हरायो । विजेताका निलेन्द्र देवानले ४, नरकुमार राई र राजु तामाङले १–१ गोल गरे । जोरपाटीले बूढानीलकण्ठलाई २–० ले हरायो । नितिन गुरुङ र रन्जित लामाले गोल गरे । विजेताले १ लाख र उपविजेताले ५० हजार पुरस्कार प्राप्त गर्नेछन् ।

प्रकाशित : जेष्ठ ११, २०८१ ०६:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×