२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

सुनील र सुस्मिता उत्कृष्ट खेलाडी, गण्डकी च्याम्पियन

काठमाडौँ — गण्डकी प्रदेश ९ स्वर्ण, ५ रजत र ५ कांस्यसाथ २३ औं राष्ट्रिय आईटीएफ तेक्वान्दो प्रतियोगितामा टिम च्याम्पियन बनेको छ ।

सुनील र सुस्मिता उत्कृष्ट खेलाडी, गण्डकी च्याम्पियन

नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (एनआईटीएफ) को आयोजना तथा रोल्पा जिल्ला तेक्वान्दो संघको सह–आयोजनामा भएको प्रतियोगितामा ८ स्वर्ण, ४ रजत र ३ कांस्यसाथ नेपाल एपीएफ क्लब दोस्रो भयो । तेस्रो स्थानको लुम्बिनी प्रदेशले ४ स्वर्ण, ४ रजत र १० कांस्य हात पार्‍यो ।

रोल्पा जिल्लाको परिवर्तन गाउँपालिकामा भएको प्रतियोगिताको पुरुषमा एपीएफका सुनील महतो र महिलामा सुस्मिता थापा मगर उत्कृष्ट खेलाडी भएको आयोजक महासंघका महासचिव घमबहादुर थापाले जनाए ।

प्रकाशित : वैशाख ३१, २०८१ २१:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारी ठग्नेलाई कारबाहीको दबाब दिन प्रमुख विपक्षी दल कांग्रेसले गरेको सडक आन्दोलन घोषणालाई कसरी लिनुभएको छ ?