कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

राष्ट्रिय बुद्धिचाल बी छनोटमा पुरुषोत्तम च्याम्पियन

काठमाडौँ — युवा चेस खेलाडी पुरुषोत्तम सिलवाल  राष्ट्रिय बुद्धिचाल ‘बी’ छनोट प्रतियोगितामा ७.५ अंक जोडेर च्याम्पियन भएका छन् ।

राष्ट्रिय बुद्धिचाल बी छनोटमा पुरुषोत्तम च्याम्पियन

भक्तपुरको सूर्य विनायकस्थित चुनदेवीमा भएको प्रतियोगितामा ६० राष्ट्रिय खेलाडी प्रतिस्पर्धी थिए । काभ्रेका क्यान्डिडेड मास्टर मिलन लामा, पूर्वनेपाल च्याम्पियन केशब श्रेष्ठ र ललितपुरका सुरोज महर्जन समान ६.५ अंक लिएर संयुक्त दोस्रो स्थानमा रहे । पुरुषोत्तमसँगै उनीहरू पनि छनोट भएका छन् । त्यस्तै राज कार्की, प्रकाशचन्द्र नेपाल, राजन सुवेदी, प्रेमकृष्ण महर्जन र एरिना आईएम सुश्रुत दाहाल ६ अंक बटुल्दै राष्ट्रिय प्रतियोगितालाई छनोट हुन सफल भए ।

दुई वैकल्पिक खेलाडीमा सुशील चौधरी र सीएम पुरुषोत्तम चौलागाईं रहेका छन् । सेप्टेम्बरमा विश्व बुद्धिचाल महासंघको आयोजनामा हंगेरीमा चेस ओलम्पियाड हुनेछ । चेस ओलम्पियाडमा नेपालबाट भाग लिने ५ खेलाडीको छनोट जेठ १० राजधानीमा राष्ट्रिय प्रतियोगिताबाट हुनेछ । यस प्रतियोगितामार्फत महिला र खुलातर्फ छनोट ९–९ खेलाडीले वर्तमान नेपाल पहिलो, दोस्रो र तेस्रो खेलाडीसँग पुनः प्रतिस्पर्धा गरी ओलम्पियाडलाई टिकट काट्ने छन् ।

नेपाल बुद्धिचाल महासंघको आयोजनामा भक्तपुर जिल्ला बुद्धिचाल संघले छनोट प्रतियोगिता गरेको हो । संयोजक निरञ्जन प्रजापतिले प्रत्येक वर्ष नेसनल ‘बी’ भक्तपुरले नै गर्ने बताएका छन् ।

सूर्य विनायक नगरपालिकाका मेयरले पुरस्कृत गरे । नेपाल बुद्धिचाल महासंघका महासचिव धरमबहादुर लामाले महासंघको वार्षिक क्यालेन्डरअन्तर्गत १२ महिनामा हुने कार्यक्रम तय भई कार्यान्वयनमा आइसकेको बताए ।

प्रकाशित : जेष्ठ १०, २०८१ २१:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१० प्रतिशत अग्रिम आयकरको व्यवस्थाले खाद्यान्न आयात बन्द भइ कालोबजारी सुरु भएकोमा के भन्नुहुन्छ ?