सञ्चार क्षेत्रमा हुने कुनै पनि हस्तक्षेप स्वीकार्य छैन : आन

जेष्ठ १०, २०८१

कान्तिपुर संवाददाता

Any interference in the field of communication is not acceptable: Aan

काठमाडौँ — नेपाल विज्ञापन संघ (आन)ले सञ्चार क्षेत्रमा हुने कुनै पनि हस्तक्षेप स्वीकार्य नहुने बताएको छ । कान्तिपुर पब्लिकेसन प्रालिका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएको घटनाप्रति ध्यानाकर्षण भएको भन्दै संघका अध्यक्ष रविन्द्रकुमार रिजालले बिहीबार विज्ञप्तिमार्फत् सञ्चार क्षेत्रमाथि हुने हस्तक्षेप स्वीकार्य नहुने भनेका छन् ।

'अध्यक्ष सिरोहियाले आफ्नो नागरिकता विषयको न्यायिक छानबिनमा सहयोग गर्ने प्रतिबद्धता जाहेर गरिरहेको अवस्थामा देशको सबैभन्दा ठुलो सञ्चारगृहको अध्यक्षलाई कार्यकक्षमै पुगेर पक्राउ गर्नुले अनेक प्रश्न खडा गरेको छ,' विज्ञप्तिमा भनिएको छ, 'नागरिकता जस्तो संवेदनशील विषयमा राज्यले छानबिन गर्नुपर्छ । तर छानबिन गर्दा नियम र कानुनको परिधि तथा संविधानले दिएको अधिकारको रक्षा गर्न राज्य चुक्नु हुदैन ।

यस घटनामा राज्यले आफ्नो दायरा बिर्सेको र चुकेको अनुभव भएको आनले जनाएको छ । आनले अध्यक्ष सिरोहियाको यस प्रकारको पक्राउप्रति दुख व्यक्त गर्दै कानुनको पालना गर्न राज्यको ध्यानाकर्षण गराएको छ । 

Any interference in the field of communication is not acceptable: Aan

कान्तिपुर

Link copied successfully