कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

‘सरकारले संविधान, कानुन र अन्तर्राष्ट्रिय मानव अधिकारको हनन् गर्‍यो : पूर्वराजदूत आचार्य

काठमाडौँ — पूर्वराजदूत राजेश्वर आचार्यले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गर्ने सरकारको कदमले संविधान, कानुन र अन्तर्राष्ट्रिय मानव अधिकारको हनन् गरेको बताएका छन् । 

‘सरकारले संविधान, कानुन र अन्तर्राष्ट्रिय मानव अधिकारको हनन् गर्‍यो : पूर्वराजदूत आचार्य

उनले सरकारले अदूरदर्शीता कदम चालेको बताएका हुन् । उनले भने, ‘केही थियो भने बोलाएर छानबिन गर्न सकिन्थ्यो । रविले विदेशी नागरिकता त्यागेर नयाँ लिए । उनी त्यस बेला गिरफ्तार भएनन् । तर अहिले सिरोहियाको विषयमा नागरिक नै होइन भन्ने तहबाट राज्यले गरिरहेको काम गलत हो ।’

उनले नेपाली नागरिकता नम्बर जनताको रोजाई नभएर सरकारले दिने र त्यस सम्बन्धमा सरकार नै जिम्मेवार हुनु पर्ने प्रस्ट पारे । ‘सिरोहियामाथि अहिलेको घटना विशुद्ध रिसिइबी साध्नको लागि गरिएको छ,’ उनले भने, ‘यो संविधान, मौलिक हक तथा विश्वव्यापी चलेको न्यायको सिद्धान्तभन्दा विपरीत छ ।’


प्रकाशित : जेष्ठ १०, २०८१ १६:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१० प्रतिशत अग्रिम आयकरको व्यवस्थाले खाद्यान्न आयात बन्द भइ कालोबजारी सुरु भएकोमा के भन्नुहुन्छ ?