कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

वादोरियो कराते टोली नर्वे जाने

काठमाडौँ — नेपाल वादोरियो कराते डो संघको टोली विशेष सेमिनारका लागि नर्वे गएको छ ।

वादोरियो कराते टोली नर्वे जाने

वादोरियो करााते डो संघका संस्थापक प्रमुख प्रशिक्षक एवं कराते महासंघका वरिष्ठ उपाध्यक्ष हरिशरण केसी नेतृत्वको ४ सदस्यीय टोली मे २५ र २६ तारिखमा हुने विशेष सेमिनारमा भाग लिन शुक्रबार नर्वे जान लागेको हो । वादोरियो करातेका तेस्रो ग्रान्ड मास्टर हिरोनोरी ओत्सुकाबाट सेमिनारमा विशेष प्रशिक्षण दिनेछन् ।

अध्यक्ष केसीसँगै प्रशिक्षक सिमोन खत्री, टिम म्यानेजर सुमन तिमिल्सिना र प्रशिक्षक विनोद तामाङ छन् । चार सदस्यीय टोलीलाई बिहीबार राखेपका उपाध्यक्ष शिव कोइराले बिदाइ गरे ।

प्रशिक्षण कार्यक्रमपछि प्रशिक्षक विनोद तामाङले नेदरल्यान्ड्समा हुने १४ औं रोटरड्याम कप इन्टरनेसनल प्रतियोगितामा भाग लिने जनाइएको छ ।

प्रकाशित : जेष्ठ १०, २०८१ २२:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१० प्रतिशत अग्रिम आयकरको व्यवस्थाले खाद्यान्न आयात बन्द भइ कालोबजारी सुरु भएकोमा के भन्नुहुन्छ ?