कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

सहकारी पीडितका मुद्दा र अन्य भ्रष्टाचारका विषय रोक्न सिरोहियालाई पक्राउ गरियो : पूर्वराजदूत कर्ण  

काठमाडौँ — पूर्वराजदूत प्रा. विजयकान्त कर्णले सहकारी पीडितका मुद्दा र अन्य भ्रष्टाचारका विषयलाई रोक्नका लागि कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएको टिप्पणी गरेका छन् । प्रहरीले मंगलबार सिरोहियालाई कान्तिपुर दैनिकको कार्यालय थापाथलीबाट पक्राउ गरी धनुषा लगेको थियो ।

सहकारी पीडितका मुद्दा र अन्य भ्रष्टाचारका विषय रोक्न सिरोहियालाई पक्राउ गरियो : पूर्वराजदूत कर्ण  

‘गृह मन्त्रालय लागेर प्रहरीमा निवेदन दिन लगाएर काम भएको छ । कुनै समस्या छ भने पहिले प्रमुख जिल्ला अधिकारीले अनुसन्धान गर्ने हो । प्रमुख जिल्ला अधिकारीले अनुसन्धानका लागि बोलाउने हो,’ उनले भने, ‘तर प्रहरीले सिधै पक्राउ गरेको छ । कानुन र न्यायको साथमा सिद्धान्तभन्दा पनि बदला लिने काम भएको छ ।’

पूर्वराजदूत कर्णले समाचार लेखेको कारणले नागरिकको मौलिक हकलाई राज्यले दमन गर्न नमिल्ने बताए । उनले भने, ‘सरकारको यो कदमले आम जनताको लागि संकुचन गरेको छ । मिडिया र नागरिकलाई तर्साउने काम भएको छ । यो लोकतन्त्रको विपरीत छ ।’

प्रकाशित : जेष्ठ १०, २०८१ २०:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१० प्रतिशत अग्रिम आयकरको व्यवस्थाले खाद्यान्न आयात बन्द भइ कालोबजारी सुरु भएकोमा के भन्नुहुन्छ ?