कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

आरसीबीलाई हराउँदै राजस्थान क्वालिफायरमा

काठमाडौँ — राजस्थान रोयल्सले बुधबार रोयल च्यालेन्जर्स बेंगलुरुलाई चार विकेटले पराजित गर्दै दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । अब राजस्थानले सनराइजर्स हैदराबादको सामना गर्नेछ ।

आरसीबीलाई हराउँदै राजस्थान क्वालिफायरमा

दोस्रो क्वालिफायर शुक्रबार हुनेछ र यसको विजेताले फाइनलमा कोलकाता नाइटराइडर्सको सामना गर्नेछ । बेंगलुरुले पहिले ब्याटिङ गर्दै आठ विकेटको क्षतिमा १ सय ७२ रन बनाएको थियो ।

जवाफमा राजस्थानले १९ ओभरमा ६ विकेट गुमाएर १ सय ७४ रन बनायो । त्यसमा यशस्वी जयसवालले सर्वाधिक ४५ रन बनाए । हारले बेंगलुरुका विराट कोहलीको आईपीएल उपाधि चुम्ने सपना अधुरै रह्यो ।


प्रकाशित : जेष्ठ १०, २०८१ ०७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१० प्रतिशत अग्रिम आयकरको व्यवस्थाले खाद्यान्न आयात बन्द भइ कालोबजारी सुरु भएकोमा के भन्नुहुन्छ ?