कान्तिपुर वेबसाईट
AdvertisementSponsored
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७०

युरो २०२४ : फ्रान्स र नेदरल्यान्ड्सको गोलरहित बराबरी

लाइपजिग — युरो २०२४ मो समूह ‘डी’ को खेलमा फ्रान्स र नेदरल्यान्ड्सले शुक्रबार गोलरहित बराबरी खेलेका छन् । नेदरल्यान्ड्सका लागि जाभी सिमोन्सले दोस्रो हाफमा गरेको गोलले भने मान्यता पाएन् । यसपल्टको युरोमा कुनै गोल नभएको यो नै पहिलो खेल रह्यो । फ्रान्सले केयलिन एमबापे बिना खेलेको थियो ।

युरो २०२४ : फ्रान्स र नेदरल्यान्ड्सको गोलरहित बराबरी

अस्ट्रियाविरुद्धको खेलमा उनलाई नाकमा चोट लागेको थियो र उनी बिना फ्रान्सेली आक्रमण कमजोर देखियो । यो नतिजपछि नेदरल्यान्ड्स र फ्रान्स दुवै समान चार अंकमा शीर्ष दुईमा रहे । अस्ट्रिया भने तीन अंकमा दोस्रो स्थानमा रह्यो । उसले शुक्रबारकै अर्को खेलमा पोल्यान्डलाई ३–१ ले हरायो र नकआउट चरण पुग्ने सम्भावना कायम राख्यो ।

हारले पोल्यान्ड प्रतियोगिताबाट बाहिरिने पहिलो टिम बन्यो । खेलको अन्त्यतिरका दुई गोलको मदतले अस्ट्रिया विजयी रहेको हो । पोल्यान्ड भने दुई खेलबाट शून्य अंकसहित अन्तिम स्थानमा रह्यो । अब अन्तिम खेलमा जित निकाल्न सफल रहे पनि पोल्यान्ड यो समूहको अन्तिम स्थानमै रहनेछ ।

अस्ट्रियाका लागि क्रिस्टोफ बामघटनरले ६६ र मार्को अरनाटोभिले ७८ औं मिनेटमा पेनाल्टीबाट गोल गरे । त्यस अगाडि अस्ट्रियाले नवौं मिनेटमा गेरनट ट्रनरको गोलले अग्रता लिएको थियो । खेलको ३० औं मिनेटमा र्किग्सटाफ पिएटेकले बराबरी गोल फर्काए । पोल्यान्डको अन्तिम खेल फ्रान्सविरुद्ध छ भने अस्ट्रियाले नेदरल्यान्ड्सको सामना गर्नेछ ।

प्रकाशित : असार ८, २०८१ ०७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१८ महिना सरकारको नेतृत्व गरेर सत्ता बहिर्गमन भएको माओवादीलाई तपाईंको के सुझाव छ ?

×