कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

सन् १९८६ मा आजकै दिन : म्याराडोनाको विवादास्पद गोल 

काठमाडौँ — सन् १९८६ मा आजकै दिन (जुन २२) मा फिफा विश्वकपमा अर्जेन्टिनी खेलाडी डिएगो म्याराडोनाले इंग्ल्यान्डविरुद्धको खेलमा हातले हानेको गोलले मान्यता पाएको थियो । म्याराडोनाको त्यो विवादास्पद गोल ‘ह्यान्ड अफ गड’ ले चिनिन्छ । 

सन् १९८६ मा आजकै दिन : म्याराडोनाको विवादास्पद गोल 

मेक्सिकोले आयोजना गरेको विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिना र इंग्ल्यान्डबीचको क्वाटरफाइनल खेलमा तनावपूर्ण रूपमा चलिरहेको थियो । तनावपूर्ण खेलमा ५१ मिनेट बितिसक्दा पनि कुनै टिमबाट गोल भएको थिएन ।

त्यही समयमा विपक्षी टिमका गोलकिपर पिटर सिल्टनतर्फ उफ्रिएका म्याराडोनाले फुटबललाई आफ्नो हातले गोलपोस्टमा छिराए । हातको प्रयोग भएको भन्दै विवाद भए पनि रेफ्रीले त्यसलाई गोलको मान्यता दिए । खेल अर्जेन्टिनाले २–१ ले जित्यो । खेलपछि म्याराडोनाले ‘त्यो गोल थोरै आफ्नो टाउकोले र थोरै भगवान्को हातले गरेको’ प्रतिक्रिया दिएका थिए ।

प्रकाशित : असार ८, २०८१ ०७:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सार्वजनिक गर्ने अन्तिम तयारीमा रहेको मौद्रिक नीति किन रोकिएको होला ?

×