२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

जेठदेखि छायांकनमा 'ऊनको स्वीटर'

काठमाडौँ — नवीन चौहानको निर्देशनमा बन्ने फिल्म 'ऊनको स्वीटर'को छायांकन जेठ २५ देखि सुरु हुने भएको छ । पाँचथरका विभिन्न स्थानमा खिचिने तयारीमा रहेको यो फिल्मको छायांकनको अन्तिम तयारी सकिएको निर्देशक चौहानले जनाए ।  

जेठदेखि छायांकनमा 'ऊनको स्वीटर'

फिल्ममा अभिनेता विपिन कार्की र अभिनेत्री मिरुना मगरको मुख्य अभिनय छ । फिल्मको उपत्यका वितरण अधिकार गोविन्द शाहीको काफिया फिल्मस् र मोफसल वितरणका लागि कुवेर सिने डिस्ट्रिब्युसनसँग सम्झौता भएको छ ।

यो फिल्मको शीर्ष गीत 'फूल' तीन महिनाअघि मात्रै युट्युबमा सार्वजनिक गरिएको थियो । थुप्रै चर्चित गीतहरु पस्किसकेको आर्टमान्डूले निर्माण गर्ने यो फिल्ममा विपिन र मिरुनासँगै माओत्से गुरुङ, सुरज तमू, एलेक्स पारस, परीक्षा लिम्बू, मिलन खत्री, अरुण पुन मगर, भावना खपाङ्गी मगर, कवि राई, रुपेश लामा, प्रकाश बस्नेत, लक्ष्मी योङहाङ, प्रेम सुब्बा, इन्द्रनारायण आङदेम्बे र नरेश लावतीलगायतको अभिनय रहनेछ ।

फिल्ममा गायक सुजन चापागाईं र कोविद बज्रको संगीत र रहनेछ । यो फिल्मलाई छायांकार चिन्तनराज भण्डारीले खिच्नेछन् ।

प्रकाशित : जेष्ठ १०, २०८१ २२:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१० प्रतिशत अग्रिम आयकरको व्यवस्थाले खाद्यान्न आयात बन्द भइ कालोबजारी सुरु भएकोमा के भन्नुहुन्छ ?