नेपाललाई बास्केटबल उपाधि
काठमाडौँ — नेपाली बास्केटबल टोलीले बोर्डर सिङ्फु भिलेज स्पोर्ट्स कार्निभलअन्तर्गत पुरुष थ्री बाइ थ्री बास्केटबलको उपाधि जितेको छ ।
चीनको युनानमा भएको फाइनलमा नेपालले युनान प्रदेशको ब्याड ५ टोलीलाई २०–१९ स्कोरले पराजित गर्यो । नेपाली टोलीमा विजय बुर्जा (कप्तान), निकेश मगर, मनीष केसी र निश्चल महर्जन थिए । प्रशिक्षकमा सुशिल गुरुङ छन् ।
जी टु जीअन्तर्गत राष्ट्रिय खेलकुद परिषद्ले बास्केटबल टोलीलाई प्रतियोगितामा सहभागिता गराएको हो ।
प्रकाशित : वैशाख १७, २०८१ २२:१६प्रतिक्रिया