कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

उपेन्द्रको अवसान उन्मुख राजनीति

पाठक पत्र

कानुनी रूपमा राष्ट्रिय दलको मान्यता पाउने गरेको भए पनि व्यवहारतः उपेन्द्र यादवले नेतृत्व गर्ने दलले कहिल्यै राष्ट्रियस्तरमा प्रभाव पार्न सकेन । बरु उनले नेतृत्व गर्ने दलले सत्तामा एकछत्र प्रभाव पारिरह्यो र उनी आफू पनि निरन्तर सत्ताको रथारोहण गर्ने पात्रका रूपमा चिनिन सफल भए । यादव दुई दशकअघिसम्म गैरसरकारी संस्थाका रूपमा स्थापित मधेशी जनअधिकार फोरममा आबद्ध थिए ।

जनआन्दोलनको सफलतापछि यादवले मधेशीको माग उठाएर आन्दोलनको नेतृत्व गरे, जसलाई पहिलो मधेश आन्दोलनका रूपमा चिनिन्छ । फोरमलाई दलका रूपमा दर्ता गरेपछि सऽरु भएको यादवको सत्ता यात्राले छिटपुटबाहेक सरकारमा निरन्तरता पाइरह्यो ।

फागुन २१ मा बनेको नयाँ सत्ता गठबन्धनमा सहभागी भएर उपप्रधान तथा स्वास्थ्यमन्त्री बनेका यादवले करिब अढाई महिनामा नचाहँदा नचाहँदै राजीनामा बुझाउनुपर्ने अवस्था आइपर्‍यो । सत्ता गठबन्धनभित्रै रहेर अर्को गठबन्धन बनाउन सक्रिय भूमिका खेलको भन्ने आरोप उनीमाथि लाग्छ ।

जसपा विभाजनमा जजसको भूमिका रहेको भए पनि दल विभाजन भई नै सक्यो र निर्वाचन आयोगले समेत विभाजनबाट बनेको अर्को दललाई मान्यता दिइसकेको छ । यादव भने त्यसविरुद्ध सर्वोच्च अदालत पुगेका छन् । सर्वोच्चको फैसला उनको पक्षमा आए फरक कुरा होला, अन्यथा अब उनको राजनीतिक भविष्य उज्ज्वल देखिने आस छैन ।
– सुजन देवकोटा, पालुङ्टार–४, गोरखा

प्रकाशित : जेष्ठ ३, २०८१ १०:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×