२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५४

सीईसी र डीसीए फाइनल भिड्ने

माधव ढुंगाना

भैरहवा — छैटौं खड्गप्रसाद गौचन मेमोरियल यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि क्रिकेट एक्सिलेन्स सेन्टर (सीईसी) काठमाडौं र धनगढी क्रिकेट एकेडेमी (डिसिए) भिड्ने छन् ।

सीईसी र डीसीए फाइनल भिड्ने

आयोजक टिम स्टार क्रिकेट एकेडेमीलाई सोमबार पराजित गरेपछि धनगढी र आइतबार मदन भण्डारी स्पोर्ट्स एकेडेमीलाई पराजित गर्दै सीईसी प्रतियोगिताको फाइनल पुगेका हुन् । फाइनल मंगलबार हुनेछ ।

सोमबार सेमिफाइनलमा धनगढीले आयोजक स्टार क्रिकेट एकेडेमीलाई ३५ रनले हराएको हो । तिलोत्तमा नगरपालिकास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा सोमबार स्टारले टस जितेको डीसीएले ४० ओभरमध्ये २५.२ ओभरमा सबै विकेट गुमाएर ९९ रन बनायो ।

आशिष लुहारले ३४ र निसान रेग्मीले १२ रन जोडे । स्टारका शुभम पाण्डे र प्रिन्स पालले समान ३ विकेट र शुभम खनालले २ विकेट लिए । प्रत्युत्तरमा १ सय रनको लक्ष्य पाएको स्टारले २७ ओभरमा सबै विकेट गुमाएर ६५ रन समेटियो । सुगम पाण्डे ८ रन र प्रदीप सहनीले ८ रन जोडे । डीसीएका प्लेयर अफ द म्याच सचिन साउद र सचिन मल्लले समान ३ विकेट लिए ।


प्रकाशित : चैत्र २०, २०८० ०७:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?