कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

हनामी बीएफसीको जित

मनोज पौडेल

कपिलवस्तु — लुम्बिनी प्रदेशमै सर्वाधिक धनराशि पुरस्कारको प्रथम तिलौराकोट गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो खेलमा हनामी बीएफसी चितवन विजयी भएको छ । चितनवले कपिलवस्तुको जितपुरस्थित बुद्ध रंगशालामा आइतबार मछिन्द्र क्लब काठमाडौंलाई पेनाल्टी सुटआउटमा ५–४ ले पराजित गर्‍यो । 

हनामी बीएफसीको जित

निर्धारित ९० मिनेटको खेलमा गोल हुन नसकेपछि पेनाल्टी सुटआउटमा चितवनका गोलरक्षक भविन्द्र मल्ल नायक बने । एक गोल जोगाएका भविन्द्र नै प्लेयर अफ द म्याच भए । उनले ट्रफीसहित नगद १० हजार प्राप्त गरे ।

चैत १७ देखि २४ गतेसम्म कपिलवस्तु जिल्ला फुटबल संघद्वारा आयोजित प्रतियोगिताको उपाधि जित्ने टोलीलाई ११ लाख ११ हजार १ सय ११ र उपविजेतालाई ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

प्रतियोगितामा राष्ट्रियस्तरका ए डिभिजनका ४ र मोफसलका ४

टोली सहभागी छन् । सोमबार नेपाल पुलिस र सहारा क्लब पोखराबीच प्रतिस्पर्धा हुँदै छ ।

प्रकाशित : चैत्र १९, २०८० ०६:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×