कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२
ट्वान्टी २० आई त्रिकोणात्मक क्रिकेट शृंखला

नेपालविरुद्ध ब्याटिङ गर्दै नेदरल्याण्ड्स

काठमाडौँ — त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी ट्वान्टी २० अन्तर्राष्ट्रिय त्रिकोणात्मक क्रिकेट शृंखलामा नेदरल्यान्ड्सले टस जितेर ब्याटिङ गर्ने भएको छ । शनिबार साढे ११ बजे सुरु हुने खेलमा नेदरल्यान्ड्सका कप्तान स्कट एडवार्ड्सले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

नेपालविरुद्ध ब्याटिङ गर्दै नेदरल्याण्ड्स

शुक्रबार नखेलाइएका नेपालका कुशल भूर्तेललाई आजको खेलमा राखिएको छ । अनिल साहको ठाउँमा भूर्तेललाई खेलाइएको हो । नेपालले टोलीमा अन्य कुनै परिवर्तन गरेको छैन । नेपाल यो खेल जित्नै पर्ने दबाबमा छ ।

नेपाल पहिलो खेलमा नामिबियासँग २० रन र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको थियो । तेस्रो खेलमा नामिबियालाई ३ रनले हराउँदै फाइनल सम्भावना कायमै राखेको छ । नेपाल आजको खेलमा विजयी हुँदा ४ अंक हुनेछ ।

आइतबार नेदरल्यान्ड्सले नामिबियालाई हराएमा नेपाल फाइनलमा पुग्नेछ । नामिबिया विजयी भयो भने नेटरनरेटको आधारमा फाइनल पुग्ने टोलीको तय हुने छ ।

प्रकाशित : फाल्गुन १९, २०८० ११:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×