कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

राष्ट्रिय महिला भलिबलमा आज पाँच खेल हुँदै

माधव अर्याल

पाल्पा — पहिलो संस्करणको लुम्बिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता अन्तर्गत शनिबार पाँच खेल हुँदैछ । पहिलो खेल मधेश प्रदेश र कोशी प्रदेशबीच हुनेछ । दोस्रो खेल कर्णाली प्रदेश र गण्डकी प्रदेशबीच हुनेछ भने तेस्रो खेल वाग्मती र कोशी प्रदेशबीच हुने जिल्ला भलिबल संघका अध्यक्ष राजु गुरुङले जानकारी थिए । 

राष्ट्रिय महिला भलिबलमा आज पाँच खेल हुँदै

चौथो खेल सशस्त्र प्रहरी बलको एपीएफ क्लब र लुम्बिनी प्रदेश र पाँचौं खेल सुदुरपश्चिम प्रदेश र मधेश प्रदेश बीच हुनेछ । यसअघि शुक्रबार भएको तीन खेलमा लुम्बिनी, वाग्मती र सशस्त्र प्रहरी बलले जितेको छ । वाग्मतीले सुदूरपश्चिम, एपीएफले कर्णाली र लुम्बिनीले गण्डकी प्रदेशलाई सोझो सेटमा हराएका थिए ।

सहभागी आठ समूह मध्ये समूह ‘ए’ तर्फ एपीएफ क्लव, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश छ भने समूह ‘बी’ तर्फ बागमती प्रदेश, सुदुरपश्चिम प्रदेश, मधेश प्रदेश र कोशी प्रदेश रहेको छ । राष्ट्रिय खेलकुद परिषद लुम्बिनीको मुख्य प्रायोजन, जिल्ला खेलकुद विकास समिति पाल्पाको समन्वय तथा जिल्ला भलिबल संघ पाल्पाको आयोजनामा भएको प्रतियोगिता लिक नकआउटको आधारमा खेलाइएको छ ।

फागुन २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विजेता हुने प्रथम, द्वितीय, तृतीय र सान्त्वना समूहले क्रमशः नगद दुई लाख ५० हजार, एक लाख ५० हजार, ७५ हजार र ३५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने जिल्ला खेलकुद विकास समिति पाल्पाका अध्यक्ष दीपक घिमिरेले जानकारी दिए ।

प्रकाशित : फाल्गुन १९, २०८० ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×