कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

केभिआर स्टेज रेस च्यालेन्जमा अशोक र माउन्टजोय विजयी

काठमाडौँ — ट्रायलमान्डुको आयोजनामा शनिबार भएको नेपालको पहिलो एक सय माइलको केभिआर स्टेज रेस च्यालेन्जको चौथो चरणमा पुरुषतर्फ अशोक बराम र महिलातर्फ फ्लुअर माउन्टजोय पहिलो भएका छन् ।

केभिआर स्टेज रेस च्यालेन्जमा अशोक र माउन्टजोय विजयी

रानीकोटमा सुरु भएर डोलुमा सम्पन्न भएको ३७ किमि दौडअन्तर्गत पुरुषमा अशोकले निर्धारित दुरी ४ घन्टा २३ मिनेट १९ सकेन्डमा पूरा गरे । राजा महतारा ४ घन्टा २४ मिनेट २० सकेन्ड समय लगाएर उपविजेता र मनकुमार रोका मगर ४ घन्टा ३४ मिनेट ०३ सकेन्डमा दौड पूरा गरेर तेस्रो स्थानमा रहे । महिलातर्फ च्याम्पियन बनेकी माउन्टजोयले ५ घन्टा ३१ मिनेट ०४ सकेन्डमा दौड पूरा गरिन् ।

यसैगरी उपविजेतामा चित्त बुझाएकी स्टाइन हेजेलवर्गले ५ घन्टा ५८ मिनेट र १४ सकेन्ड समय लगाइन् । सोन्या मार्टिनले ५ घन्टा ५८ मिनेट ३६ सकेन्ड समय लगाएर तेस्रो स्थान हासिल गरिन् ।

सो स्टेज रेस च्यालेन्सको चौथो चरणमा १५ विदेशीसहित कूल ७० जना धाविकधाविकाको सहभागिता रहेको थियो ।

प्रकाशित : फाल्गुन १९, २०८० १६:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×