कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

आर्मीले जित्यो पाँचथर गोल्डकप

लक्ष्मी गौतम

पाँचथर — विभागीय टिम त्रिभुवन आर्मी क्लब पाँचथर गोल्कपको उपाधि विजेता बनेको छ । शनिबार साँझ सम्पन्न फाइनल खेलमा प्रतिस्पर्धी आयोजक पाँचथर क्लबलाई २–४ गोल अन्तरले हराउँदै आर्मीले पाँचथर गोल्डकपको उपाधिमाथि कब्जा जमाएको हो ।

आर्मीले जित्यो पाँचथर गोल्डकप

प्रतियोगितामा आर्मीका दिप लामाले मात्रै २ गोल गरे भने पदम तामाङ र सन्तोष केसीले १–१ गोल गरे ।

यस्तै आयोजक पाँचथर क्लबका आशीष चाँपागाईं र प्रशान्त लक्समले १–१ गोल गरे । उपाधि जितेसँगै विजेता आर्मीले नगद ५ लाख ५ हजार ५ सय ५५ रुपैयाँसँगै ट्रफी प्राप्त गर्‍यो भने उपविजेता आयोजक पाँचथर क्लबले नगद २ लाख ५५ हजार ५ सय ५५ रुपैयासहित ट्रफीमा चित्त बुझायो ।

फाइनल खेलमा आर्मी क्लबका पदम तामाङले म्यान अफ दि म्याच घोषित हुँदै ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । आर्मीकै रुपेश क्षेत्री वेष्ट मिड फिल्डर, आदर्श मल्ल वेष्ट कोच, नविन परिवार वेष्ट गोल किपर, आयोजक पाँचथर क्लबका रोशन आङदेम्बे मेन अफ दि टुर्नामेन्ट र आयोजक टिमका मनिष क्षेत्रीले राइजिङ प्लेयरको उपाधिसहित पुरस्कृत भए ।

शनिबारको खेलमा सन्तोष मोक्तान सुट आउट हिरो र कुम्याय ३ का नरेन्द्र सम्बाहाम्फे फ्यान अफ दि टुर्नामेन्टका रुपमा पुरस्कृत भए ।

विजेता टिम र खेलाडीलाई प्रदेशसभा सांसद मैया श्रेष्ठ लावती, फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्ले, उपमेयर राधाकृष्ण न्यौपाने र जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सन्तोष मोक्तानले पुरस्कार ट्रफी र मेडल प्रदान गरे ।

फागुन १२ गते भएको चौचो संस्करणको पाँचथर गोल्डकपमा नेपाल र भारतका ८ टिम सहभागी थिए ।

प्रकाशित : फाल्गुन १९, २०८० १९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×