कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

आजदेखि साफ यू–१६ च्याम्पियनसिप

काठमाडौँ — साफ यू–१६ वुमन्स च्याम्पिनयसिप फुटबल शुक्रबार सुरु हुँदै छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा भारतले भुटानको सामना गर्नेछ ।

आजदेखि साफ यू–१६ च्याम्पियनसिप

प्रतियोगितामा दक्षिण एसियाका चार टिमको सहभागिता छ । सुरुमा राउन्ड रोबिनको आधारमा खेल हुनेछ । त्यसको शीर्ष दुई स्थानमा रहने टिम फाइनल पुग्नेछ ।

नेपालले शनिबार बंगलादेशविरुद्ध पहिलो खेल खेल्नेछ । फाइनल फागुन २७ मा छ । नेपाली टिम प्रशिक्षकमा चक्र तामाङ छन् । नेपाली टिमको कप्तानमा भूमिका बुढाथोकी रहेकी छन् । बिहीबार आयोजित प्रि–म्याच कन्फ्रेन्समा भूमिकाले आफ्नो टिमको उद्देश्य उपाधि जित्नु नै रहेको बताइन् । उनले भनिन्, ‘अहिले दिदीहरूले राष्ट्रिय टिममा राम्रो गरिरहनुभएको छ । हामीले पनि सबै टिमलाई चुनौती दिएर नेपालका लागि स्वर्ण पदक जित्ने छौं ।’ प्रशिक्षक तामाङले भने टिममा अहिले सकारात्मक स्थिति रहेको र यसले टिमको प्रदर्शनमा राम्रो प्रभाव पर्ने बताए । नेपाल साफ यू–१५ को डिफेन्डिङ च्याम्पियन हो ।

प्रकाशित : फाल्गुन १८, २०८० ०७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×