कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

प्रदेशस्तरीय फुटबल प्रतियोगिताको तयारी पूरा 

डीबी बुढा

जुम्ला — सदरमुकाम खलंगामा मंगलबारदेखि हुने कर्णाली प्रदेशस्तरीय फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । खेलमैदान छनौटदेखि टिम दर्ता गर्ने प्रक्रिया सकिनुका साथै  सबै प्राविधिक तयारी पूरा भएको आयोजक जुम्ला फुटबल संघले जनाएको छ । प्रदेशस्तरीय फुटबल नेपाली सेनाको खेलमैदानमा हुन लागेको हो ।

प्रदेशस्तरीय फुटबल प्रतियोगिताको तयारी पूरा 

जिल्ला फुटबल संघले सोमबार पत्रकार सम्मेलन गर्दै प्रदेशस्तरीय फुटबल प्रतियोगिताको सबै तयारी पूरा भएको जनाएको हो । महासचिव दीपेन्द्रबहादुर हमालले प्रतियोगितामा कर्णालीका १० मध्ये ६ जिल्लाका खेलाडीहरुले टिम दर्ता गराएको बताए ।

उनका अनुसार हुम्ला, जुम्ला, कालीकोट, मुगु, जाजरकोट, सुर्खेतदेखि फुटबल खेल्न खेलाडीहरु जुम्ला पुगिसकेका छन् । सल्यान, रुकुम, डोल्पा र दैलेखदेखि टिम दर्ता भएका छैनन् । प्रतियोगिता फागुन १५ देखि १९ सम्म संचालन हुने छ ।

प्रकाशित : फाल्गुन १४, २०८० २१:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लामो समयदेखि किसानलाई भुक्तानी नदिएका दूग्ध उद्योगीहरूले उल्टै 'मिल्क होलिडे' को चेतावनी दिएकोबारे तपाईंको भनाई के छ ?

x
×