कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता पाँचथरमा 

लक्ष्मी गौतम

पाँचथर — पाँचथरको फिदिममा बुधबारदेखि प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगितासँगै खुल्ला भेट्रान्स ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । प्रतियोगिताको सबै तयारी पूरा भएको आयोजक जिल्ला खेलकुद विकास समिति पाँचथरले पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो ।

प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता पाँचथरमा 

प्रदेश खेलकुद विकास बोर्ड र फिदिम नगरपालिकाको आयोजना तथा ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा सञ्चालन हुने प्रतियोगिता जिल्ला खेलकुद विकास समितिले आयोजना खेलकुद विकास समिति अध्यक्ष सन्तोष मोक्तानले बताए ।

प्रतियोगितामा कोशी प्रदेशका १४ जिल्लाका खेलाडीले प्रतिस्पर्धा गर्ने पक्का भएको छ । जस्मा मेन्स सिङ्गल,वुमेन्स सिङ्गल, मेन्स डबल, वुमेन्स डबल र मिक्स डबल गरी ५ वटा विधामा प्रतिस्पर्धा हुनेछन् । प्रतियोगितामा ५ विधाका ६८ खेलाडी, १४ प्रशिक्षक सँगै व्यवस्थापकको सहभागिता रहने बताइएको छ । प्रतियोगितामा विजेतालाई प्रत्येक विधाबाट प्रथम द्वितीय र तृतीय हुनेलाई जनही २०,१० र ५ हजार नगद सहित पुरस्कृत गरिने पनि मोक्तानले बताए ।

यस्तै भेट्रान्सतर्फ भने देशभरिका खेलाडीले सहभागिता जनाउन पाउने भएका छन् । उक्त प्रतियोगितामा प्रथम द्वितीय र तृतीय हुनेले क्रमशः३०,१५ र ५ हजारका दरले पुरस्कार पाउने बताइएको छ ।

प्रतियोगिता सञ्चालन गर्न १८ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ ।

प्रकाशित : फाल्गुन ८, २०८० २०:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×