कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

बक्सरद्वयले हरियाणामा प्रशिक्षण लिने

काठमाडौँ — इटालीको मिलानमा हुने ओलम्पिक छनोटको तयारीलाई दुई खेलाडीसहित ३ सदस्यीय बक्सिङ टोली मंगलबार भारतको हरियाणा प्रशिक्षणमा जाने भएको छ ।

बक्सरद्वयले हरियाणामा प्रशिक्षण लिने

ओलम्पिक छनोट फेब्रुअरी २९ देखि मार्च ११ सम्म हुनेछ । हरियाणाको राजीव गान्धी स्पोर्ट्स कम्प्लेक्समा चन्द्रबहादुर थापा र अञ्जली तेलीले प्रशिक्षण लिनेछन् ।

प्रशिक्षकमा पूर्णबहादुर लामा छन् । भारतमा टोली दुई साता प्रशिक्षणपछि उनीहरू ओलम्पिक छनोट खेल्न इटाली जाने नेपाल बक्सिङ संघका महासचिव मानबहादुर भण्डारीले जनाएका छन् ।

टोलीलाई नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले, तालिम तथा प्रशिक्षण विभागका निर्देशक प्रचण्ड शर्मा र राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्टले सोमबार बिदाइ गरे ।

प्रकाशित : माघ २९, २०८० २१:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×