२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

महिला विश्वकप २०२३ : स्विडेनसँग सडन डेथमा पराजित हुँदै अमेरिका बाहिरियो

कान्तिपुर संवाददाता

मेलबर्न — स्विडेनसँग सडन डेथमा पराजित हुँदै दुई पल्टको डिफेन्डिङ च्याम्पियन अमेरिका महिला विश्वकप २०२३ बाट बाहिरिएको छ । स्विडेनले टाइब्रेकरमा अमेरिकालाई ५–४ ले हराएको हो ।

महिला विश्वकप २०२३ : स्विडेनसँग सडन डेथमा पराजित हुँदै अमेरिका बाहिरियो

लिना हर्टिजले स्विडेनका लागि प्रहार गरेको सातौं प्रहार नाटकीयरूपमा गोलमा परिणत भएपछि टिमले प्रतियोगिताको अन्तिम आठको यात्रा तय गरेको हो । अमेरिकी गोलरक्षक एलेसा नहेररले जोगाए पनि बलले गोल लाइन झिनो अन्तरले नाघेको थियो । त्यस अगाडि निर्धारित र अतिरिक्त गरेर १ सय २० मिनेटको खेल गोलरहित बराबरीमा टुंगिएको थियो ।

अब सेमिफाइनल प्रवेशका लागि स्विडेनले जापानको सामना गर्नेछ ।

प्रकाशित : श्रावण २१, २०८० १७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?