कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१२

एपीएफ र आर्मी समूह विजेता

प्रताप विष्ट

हेटौडा — एपीएफ र त्रिभुवन आर्मी क्लब आ–आफ्नो समूह विजेता बन्दै खुला राष्ट्रिय भलिबल प्रतियोगिताको सेमिफाइनल पुगेका छन् । बिहीबार हेटौडा–४, हुप्रचौरस्थित भलिबल कोर्टमा समूह चरणको अन्तिम खेल जित्दै विभागीय टोली अन्तिम चारमा पुगेको हो । एपीएफले विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा हरायो ।

एपीएफ र आर्मी समूह विजेता

आर्मीले गण्डकी प्रदेशको भलिबल टिममाथि समान ३–१ को सेटमा जित पाएको थियो । हार बेहोरे पनि पुलिस र गण्डकी दुवै समूह उपविजेता बन्दै सेमिफाइनल पुगे । शुक्रबार हुने सेमिफाइनलमा एपीएफले गण्डकी तथा आर्मीले पुलिसको सामना गर्नेछन् ।

बिहीबार पहिलो र दोस्रो सेट प्रतिस्पर्धात्मक बने पनि तेस्रो र चौथो सेटमा पुलिस कमजोर देखियो । पहिलो सेटमा २७–२५ ले आफ्नो पक्षमा पारेको एपीएफले दोस्रो सेट २६–२८ ले गुमायो । तेस्रो र चौथो सेट क्रमशः २५–२१, २५–२० ले आफ्नो पक्षमा पार्दै एपीएफ समूह विजेता बन्न सफल भयो । एपीएफका महेन्द्र श्रेष्ठ म्यान अफ द म्याच घोषित झए ।

अर्को खेलमा आर्मीले गण्डकीलाई २८–२६, २५–२०, २३–२५, २५–२३ को नतिजामा पन्छाएको हो । पहिलो र दोस्रो सेट आफ्नो पक्षमा पारेको आर्मीले तेस्रो सेट गुमायो । तेस्रो सेटबाट खेलमा फर्कने प्रयास गरेको गण्डकीले अन्ततः चौथो सेट गुमाउँदै हार सामना गर्‍यो । आर्मीका दुर्गा महतो म्यान अफ द म्याच घोषित भए । शनिबार फाइनल हुने प्रतियोगिता विजेताले २ लाख र उपविजेताले १ लाख रुपैयाँ पुरस्कार जित्ने छन् ।

प्रकाशित : जेष्ठ १९, २०८० ०७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सत्ता भागबन्डा मिलाउन प्रदेशमा मन्त्रालय फुटाउने प्रवृतप्रति तपाईंको के टिप्पणी छ ?