२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२६

चर्च ब्वाइजको पुनरागमन जित

काठमाडौँ — चर्च ब्वाइजले सहिद स्मारक लिग ए डिभिजन ०७९–०८० मा बुधबार फ्रेन्ड्सलाई २–१ ले हराएको छ । दशरथ रंगशालामा बुधबार भएको खेलमा चर्च ब्वाइजले पुनरागमन जित रचेको हो ।

चर्च ब्वाइजको पुनरागमन जित

फ्रेन्ड्सले बेन क्वान्साको गोलले अग्रता लिएको थियो । त्यसयता चर्च ब्वाइजका लागि अञ्जन विष्ट र आशीष चापागाईले गोल गरे । यो जितपछि चर्च ब्वाइजको २४ अंक भएको छ र दोस्रो स्थानमा उक्लेको छ ।

शीर्षमा जावलाखेलको पनि समान २४ अंक नै छ । बुधबारकै अर्को खेलमा हिमालयन शेर्पाले सातदोबाटोलाई १–० ले पराजित गर्‍यो । यो खेल जितेको भए, सातदोबाटो शीर्षमा उक्लने थियो, तर हारपछि २२ अंकमै सीमित रह्यो ।

हिमालयनको भने १७ अंक भएको छ । च्यासल मैदानमा भएको खेलमा उसका लागि खमिर गिल्सलने निर्णायक गोल गरे । यो जितले उसको रेलिगेसन तनाव कम भएको छ ।

प्रकाशित : वैशाख २०, २०८० १७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?