कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

एपीएफ र संकटा विजयी

काठमाडौँ — सहिद स्मारक लिग ए डिभिजन ०७९ को छैटौं चरणको पहिलो दिनको खेलमा एपीएफ र संकटा विजयी भएका छन् । च्यासलमा भएको खेलमा एपीएफले पुलिसलाई २–० गोल अन्तरले हराएको हो ।

एपीएफ र संकटा विजयी

पुलिस डर्बीमा एपीएफका लागि एडम डोम्बिया र सबिन गुरुङले गरे । दुबै गोल दोस्रो हाफमा भएका थिए । डोम्बियाले ५८ औं मिनेटमा पहिलो गोल गरेयता सबिनले इन्ज्युरी समयको आठौं मिनेटमा दोस्रो गोल थपे ।

यो जितपछि एपीएफ १० अंकसहित पाँचौं स्थानमा उक्लिएको छ । खराब खेलिरहेको पुलिसको भने यो पाँचौं हार हो । साथै एकै अंकमा सीमित रहेर अन्तिम स्थानमा रहेको छ ।

सातदोबाटोमा भएको खेलमा संकटाले खुमलटारलाई १–० गोलअन्तरले हराएको हो । खेलको २७ औं मिनेटमा जुनियर अनगुनेले निर्णायक गोल गरे । यस जितपछि संकटाको ९ अंक भएको छ र पाँचौं स्थानमा उक्लेको छ । खुमलटार भने छ अंकमै सीमित छ ।

प्रकाशित : चैत्र २०, २०७९ १६:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सत्ता भागबन्डा मिलाउन प्रदेशमा मन्त्रालय फुटाउने प्रवृतप्रति तपाईंको के टिप्पणी छ ?