३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८४

'कान्तिपुर हाफ म्याराथन २०८१' मा सहभागी हुन  खेलाडी दर्ताको समय जेठ ३ सम्म थपियो

काठमाडौँ — 'कान्तिपुर हाफ म्याराथन २०८१' मा सहभागी हुन  खेलाडी दर्ताको समय जेठ ३ गते (बिहीबार) सम्म थपिएको छ । खेलाडी दर्ता कान्तिपुरको केन्द्रीय कार्यालय थापाथलीस्थित सेन्ट्रल बिजनेस पार्कमा आएर वा ईसेवाबाट गर्न सकिनेछ  ।

'कान्तिपुर हाफ म्याराथन २०८१' मा सहभागी हुन  खेलाडी दर्ताको समय जेठ ३ सम्म थपियो

कान्तिपुर पब्लिकेशन्स लिमिटेडले आयोजना गर्ने हाफ म्याराथनको यो १२ औं संस्करण हो । आगामी जेठ ५ गते शनिबार (१८ मे, २०२४) हुने हाफ म्याराथनको नारा ‘रन टु इन्स्पायर द यङ’ रहेको छ ।

ग्लोबल आएमई बैंकको प्रस्तुति रहेको कान्तिपुर हाफ म्याराथनमा ४ विधा रहेका छन् । कान्तिपुर हाफ म्याराथन २१.१ किमीको हुनेछ । त्यस्तै अन्य ३ विधा करपोरेट रन ५ किमी, कलेज रन ७ किमी, हिृवलचेयर रेस हुनेछ । मुख्य विधा कान्तिपुर हाफ म्याराथनको पुरुष र महिला विजेताले जनही १ लाख पाउने छन् । त्यस्तै दोस्रो देखि छैटौं हुनेले क्रमशः ५०, ३०, २०, १० र ५ हजार पाउने छन् ।

हिृवलचेयर रेस तर्फ विजेताले ३० हजार तथा दोस्रो र तेस्रो हुनेले क्रमशः २० र १० हजार पाउने छन् । कर्पोरेट रन र कलेज रनको महिला र पुरुषतर्फ शीर्ष ३ मा रहनेले विभिन्न पुरस्कार र गिफ्ट हृयाम्पर पाउने छन् ।

कान्तिपुरको कार्यालय रहेको थापाथलीस्थित सेन्ट्रल बिजनेस पार्कबाट सुरु हुने ‘कान्तिपुर हाफ म्याराथन’ थापाथली, माइतीघर मण्डला, बानेश्वर, तीनकुने, कोटेश्वर, जडिबुटी, लोकन्थली गठ्ठाघर, थिमी, सल्लाघारी चोकबाट फन्को लगाएर, कोटेश्वर, तीनकुने, बानेश्वर, मण्डला माइतीघर हुँदै सेन्ट्रल बिजनेस पार्क अगाडि आएर दौड टुंगिने छ ।

कर्पोरेट दौड सेन्ट्रल बिजेनस पार्कबाट सुरु भई थापाथली, माइतीघर मण्डला, बानेश्वर, सिभिल हस्पिटल अगाडिबाट घुम्ति लगाएर पुनः बानेश्वर मन्डला, माइतीघर, थापाथली हुँदै सेन्ट्रल बिजनेस पार्कमा गएर टुंगिने छ । सेन्ट्रल बिजेनस पार्कबाटै सुरु हुने ह्विलचेयर रेस, थापाथली, माइतीघर मण्डला फन्को लगाएर पुनः सेन्ट्रल बिजनेस पार्कमै गएर टुंगिने छ ।

नेपाल एथलेटिक्स संघको प्राविधिक सहयोगमा हुने कान्तिपुर हाफ म्याराथनको सेलिब्रेसन पार्टनर केएफसी एन्ड पिजा हर्ट, टेक्निकल पार्टनर नेपाल एथ्लेटिक्स एसोसिएसन, पेन रिलिफ पार्टनर जन्डु, फुड पार्टनर फुड म्यानेजमेन्ट एन्ड ट्रेडिङ कम्पनी लिमिटेड तथा डिजिटल पार्टनर ः इसेवा मनि ट्रान्सफर, इन्टरनेश्नल एयरलाइन्स पार्टनर जजिरा र हस्पिटल पार्टनर अल्का अस्पताल रहेका छन् ।

विक्रम सम्वत् २०६७ सालमा आयोजित पहिलो संस्करणमै १ हजारभन्दा धेरैले सहभागी भएका थिए । त्यसयता हरेक वर्ष सहभागि खेलाडीको संख्या बढिरहेको छ । सबै विधामा गरी यस पटक हामीले झन्डै ३ हजार धावक सहभागी हुने अपेक्षा लिमिटेडले लिएको छ।

प्रकाशित : जेष्ठ २, २०८१ १३:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?