३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८४

क्यानद्वारा सन्दीप लामिछानेको निलम्बन फुकुवा 

काठमाडौँ — नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेटर सन्दीप लामिछानेको निलम्बन फुकुवा गरेको छ । अध्यक्ष चतुरबहादुर चन्दले बुधबार विज्ञप्ति जारी गर्दै बलात्कार मुद्दामा निर्दोष रहेको उच्च अदालतको फैसला आएकोले लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय सबै प्रकारका क्रिकेट खेल गतिविधिबाट निलम्बन फुकुवा गरेको जानकारी गराएका छन् । 

क्यानद्वारा सन्दीप लामिछानेको निलम्बन फुकुवा 

जिल्ला अदालत काठमाडौंको फैसला उल्ट्याउँदै उच्च अदालत पाटनले बुधबार क्रिकेटर लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिएको हो । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले प्रमाण नपुगेको भन्दै जिल्ला अदालत काठमाडौंको फैसला उल्टाएको हो ।

काठमाडौं जिल्ला अदालतले लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गर्दै ८ वर्षको कैद र ५ लाख जरिवानाको सजाय सुनाएको थियो । उक्त फैसलाविरुद्ध लामिछाने र जाहेरीकर्ता उच्च अदालत पाटन गएका थिए ।

प्रकाशित : जेष्ठ २, २०८१ १९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?