२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३६

जुम्ल्याहा दाइभाइलाई तेक्वान्दोको स्वर्ण

काठमाडौँ — जुम्ल्याहा गोले दाइभाइ राम र लक्ष्मणेले प्रथम राष्ट्रिय मेयर कप तेक्वान्दो प्रतियोगितामा शुक्रबार स्वर्ण पदक जितेका छन् । वाग्मती प्रदेश तेक्वान्दो संघद्वारा आयोजित प्रतियोगिताको सिनियर पेयर पुम्सेमा नेपाल प्रहरीका राम र लक्ष्मणको जोडीले स्वर्ण जितेको हो ।

जुम्ल्याहा दाइभाइलाई तेक्वान्दोको स्वर्ण

एपीएफका चन्दु शाही र मनोज श्रेष्ठको जोडी दोस्रो भयो । लुम्बिनी प्रदेशका एलिजा रोकाया र भेषराज सुनार तथा नेपाल आर्मीका रोशनी श्रेष्ठ र अस्मिन राईको जोडी तेस्रो भए ।

लक्ष्मणले सिनियर पुरुष एकल पुम्सेमा पनि स्वर्ण जिते । उनले लुम्बिनीका युवराज लामालाई हराए । आयोजक ‘ए’ र ‘बी’ का क्रमश: पुष्पप्रसाद गौतम र मुहम्मद उमर खान संयुक्त रूपमा तेस्रो बने । सोही स्पर्धाको महिलामा आर्मीकी रश्मी श्रेष्ठ पहिलो, एपीएफकी चन्दु शाही दोस्रो तथा लुम्बिनीकी सुनीता विष्ट र आयोजक ‘ए’ की रंगिला रोका तेस्रो स्थानमा रहे ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतियोगिताको सिनियर ग्रुप पुम्सेमा आर्मीका रोशनी श्रेष्ठ, अस्मिन राई र स्मृति थापासम्मिलित टोली विजेता भयो । प्रहरी दोस्रो भयो भने आयोजक ‘ए’ र लुम्बिनी तेस्रो बने ।

जुनियर ग्रुप पुम्सेमा आयोजक ‘ए’ का मोनिका मगर, मोनिका रम्तेल र स्मृति नेपालीले पहिलो स्थान कब्जा गरे । आयोजक ‘बी’ दोस्रो र गण्डकी प्रदेश तेस्रो भए ।

जुनियर पुरुष एकल पुम्सेमा आयोजक ‘बी’ का श्रृजल श्रेष्ठले स्वर्ण, आर्मीका सुजन श्रेष्ठले रजत तथा कर्णाली प्रदेशका दिनेश मगर र प्रदेश १ का निङमा तामाङले कांस्य हात पारे ।

जुनियर महिला एकल पुम्सेमा आयोजक ‘बी’ की जैनव खातुन पहिलो, आयोजक ‘ए’ की मोनिका रम्तेल दोस्रो तथा प्रदेश १ की शान्ति राई र एपीएफकी रोशनी सिलवाल तेस्रो भए ।

जुनियर पेयर पुम्सेमा आयोजक ‘ए’ का अब्बास अन्सारी र जैनव खातुन पहिलो, प्रदेश १ का निङमा तामाङ र शान्ति राई दोस्रो तथा आयोजक ‘बी’ का योगुन राई र हिमाल अधिकारी तथा आर्मीका रिता श्रेष्ठ र सुजन श्रेष्ठ तेस्रो भए ।

प्रतियोगिताको वाग्मती प्रदेशका युवा तथा खेलकुदमन्त्री रत्नप्रसाद ढकालले उद्घाटन गरे । प्रतियोगितामा आयोजक, सातै प्रदेश र तीन विभागीय टोलीका ३ सय ३० खेलाडीले २४ स्पर्धामा प्रतिस्पर्धा गरिरहेको आयोजक संघका अध्यक्ष केशव पुरीले जनाएका छन् । प्रतियोगिता शनिबारसम्म चल्नेछ ।

प्रकाशित : पुस १६, २०७८ २१:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पार्टी र नेताहरूको कार्यशैलीबारे आलोचनात्मक प्रतिवेदनसहित टिप्पणी गर्ने महामन्त्री मुकुल ढकाललाई निलम्बन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयबारे के भन्नहुन्छ ?

×