कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दक्षिण अफ्रिकामाथि भारतको सजिलो जित

एएफपी

सेन्चुरियन — भारतले दक्षिण अफ्रिकाविरुद्धको पहिलो टेस्टमा १ सय १३ रनको जित निकाल्दै सिरिजमा सुखद सुरुआत लिएको छ । सुपर स्पोर्टस पार्कमा जितका लागि ३ सय ५ रनको लक्ष्य पाएको दक्षिण अफ्रिकाले पाँचौं तथा अन्तिम दिन बिहीबारको सुरुआत चार विकेट गुमाएर ९४ रनबाट गरेको थियो ।

दक्षिण अफ्रिकामाथि भारतको सजिलो जित

लन्च सत्रपछिको पहिलो दुई ओभरमा तीन विकेट गुमाएपछि दक्षिण अफ्रिका १ सय ९१ रनमा अलआउट भयो । भारतका लागि जसप्रित बुमराह र मोहम्मद सामीले ३–३ विकेट लिए । यस्तै फास्ट बलर मोहम्मद सिराजले दुई विकेट लिए । अफस्पिनर रविचन्द्रन आश्विनले लगातार दुई बलमा अन्तिम दुई विकेट लिए ।

यस जितसँगै तीन टेस्टको विश्व टेस्ट च्याम्पियनसिप शृंखलामा भारतले १–० को अग्रता लिएको छ । खेलपछि भारतीय कप्तान विराट कोहलीले भने, ‘हामीले उत्कृष्ट सुरुआत लिएका छौं । यो जित चार दिनमा सम्भव भएको हो, त्यसैले हाम्रो टिम कति राम्रो छ, देखाउँछ ।’ टेस्टको पूरा एक दिन वर्षाले खेल सम्भव नभएर पनि भारत यो सजिलो जितसम्म पुगेको हो ।

दक्षिण अफ्रिकाका लागि कप्तान डिन एल्गर र टेम्बा बाभुमाले केही सुदृढ खेल प्रदर्शन गरे । एल्गर ७७ रन बनाएर बुमराहको बलमा एलबीडब्लू भए । बाभुमा भने ३५ रनमै सीमित रहे । हारपछि एल्गरले भने, ‘हामीले पर्याप्त रन बटुल्न सकेनौं, त्यसैले हामीले बलियो चुनौती पनि पेस गर्न सकेनौं ।’

प्रकाशित : पुस १६, २०७८ ०७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?