कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९९
प्रदेश स्तरीय महिला फुटबल

बिर्तामोड र कन्काइ सेमीफाइनलमा

लक्ष्मी गौतम

पाँचथर — पाँचथरको रानिटारमा जारी प्रथम तमु ल्होछार महिला फुटबल प्रतियोगिता अन्तर्गत मंगलबार भएका दुई खेलमा बिर्तामोड र कन्काइ फुटबल टिम विजयी हुँदै सेमीफाइनलमा प्रवेश गरेका छन् ।

पहिलो खेलमा जनता सेभेन एफसी ताप्लेजुङलाई ०–३ गोल अन्तरले हराउँदै कन्काइ नगरपालिका झापा विजयी भएको हो । दोस्रो खेलमा कर्णसिङ सोनाम मेमोरियल एफसी ताप्लेजुङलाई ०–२ गोल अन्तरले हराउँदै बिर्तामोड फुटबल क्लब झापा विजयी भएको हो ।

प्रतियोगितामा बुधबारदेखि सेमि फाइनल चरणका खेलहरु हुनेछन् । जस अन्तर्गत पहिलो खेल आयोजक रानिटार युनाइटेड र द सेभेन युथ क्लब धनकुटाबीच हुनेछ । दोस्रो खेल कन्काइ नगरपालिका झापा र बिर्तामोड फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताका विजेताले ८० हजार र उपविजेताले ५० हजार नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन् ।

प्रकाशित : पुस १३, २०७८ १७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×