३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

सेन्ट्रल जोन भलिबलको उपाधिका लागि नेपालले उज्वेकिस्तानसँग खेल्ने

कुशल तिमल्सिना

काठमाडौँ — नेपालले एसियन सेन्ट्रल जोन सिनियर वुमेन्स भलिबल च्यालेन्ज कपको उपाधिका लागि उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

सेन्ट्रल जोन भलिबलको उपाधिका लागि नेपालले उज्वेकिस्तानसँग खेल्ने

समूह चरणको खेलमा नेपालले उज्वेकिस्तानमाथि ३–० को सेटमा रहज जित निकालेको थियो ।

बंगलादेशको ढाकामा लिग चरणको अन्तिम खेलमा किर्गिस्तानलाई ३–० को सोझो सेटमा हराएर नेपाली टोली अपराजित रहँदै फाइनलमा पुगेको हो । पाँच खेलमा नेपालको १४ अंक भएको छ ।

लिगको अन्तिम खेलमा श्रीलंकालाई ३–२ को प्रतिस्पर्धात्मक सेटमा पराजित गरी उज्वेकिस्तान लिगको उपविजेता रह्यो । उसले ५ खेलबाट ११ अंक जोडेको छ ।

सन् २०१९ मा भएको पहिलो संस्करणको विजेता नेपालले किर्गिस्तानविरुद्ध धेरै दबाब महसुस गर्नु परेन । नेपालले २५–८, २५–१४ र २५–१७ को सेटमा जित हासिल गरेको हो ।

नेपाली टोलीका मुख्य प्रशिक्षक जगदीश भट्टले उज्वेकिस्तानलाई समूह चरणमै पराजित गरिसकेका कारण फाइनलमा अधिक दबाब महसुस गर्नु नपर्ने प्रतिक्रिया दिएका छन् ।

उज्वेकिस्तानले श्रीलंकामाथि २६–२४, २५–१४, २०–२५, १९–२५ र १५–१२ को सेटमा प्रतिस्पर्धात्मक जित हासिल गरेको हो ।

नेपाल र उज्वेकिस्तानबीचको फाइनल खेल मंगलबार हुनेछ ।

प्रकाशित : पुस १२, २०७८ १४:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?