२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४२

कुशल तिमल्सिना

कुशल तिमल्सिनाका लेखहरु :

ब्याडमिन्टनको ‘स्वर्णिम पुस्ता’

कोरोना भाइरस महामारीयता पनि राष्ट्रियस्तरका ३–४ वटा ब्याडमिन्टन प्रतियोगिता आयोजना भए । त्यसमध्ये जुनियरबाट सिनियरमा पुस्तान्तरण हुँदै गरेका प्रिन्स दाहालले दुई उपाधि जिते । अर्को एउटा उपाधि प्रिन्सलाई नै हराएर दीपेश धामीले हत्याए । यसले घरेलु प्रतियोगितामा युवा खेलाडीबीच तीव्र प्रतिस्पर्धा दर्शाउँछ ।

एपीएफ प्रधानमन्त्री कप च्याम्पियन

नेपाल एपीएफ क्लब ट्वान्टी–२० फर्म्याटमा आयोजित प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको विजेता बनेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा बुधबार सम्पन्न फाइनलमा एपीएफले विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई २१ रनले पराजित गर्‍यो ।

प्रिन्स दाहाल विश्व नम्बर एक

नेपाली ब्याडमिन्टन स्टार प्रिन्स दाहालले जुनियर विश्व ब्याडमिन्टन वरीयताको शीर्ष स्थानमा पुग्दै इतिहास रचेका छन् । विश्व ब्याडमिन्टन फेडेरेसनले जारी गर्ने वार्षिक वरीयतामा सिंगल्सतर्फ उनी पहिलो नम्बरमा परेका हुन् ।

खट्किरहेछ फिजियोको महत्त्व

माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिपको उपाविजेता नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी तथा प्रशिक्षकलाई सरकारले दुई साताअघि पूर्वघोषित नगद पुरस्कार हस्तान्तरण गर्दा टिमको मुख्य अंग रहने फिजियोथेरापिस्ट त्यसमा समावेश भएनन् । किनभने खेलकुद पुरस्कार कार्यविधिमा फिजियो, टिम व्यवस्थापकलगायतलाई पुरस्कृत गर्ने उल्लेख नै छैन । खेलकुदमा खेलाडी र प्रशिक्षक जत्तिकै महत्त्वपूर्ण अंगको रूपमा रहेको फिजियोमाथिको विभेदले यसप्रति दक्ष जनशक्ति आकर्षित हुँदैन ।

सफलताका सारथि

सक्रिय खेलाडी जीवनकै क्रममा प्रशिक्षकको डिप्लोमा कोर्स गर्न भारतको पटियाला जाँदा जगदीश भट्टको सपना ठूलो थिएन, मात्र मानिसलाई स्वस्थ र अनुशासित बनाउन प्रोत्साहित गर्ने । जुनसुकै पेसामा रहे पनि मानिसका लागि मानसिक स्वास्थ्य र शारीरिक तन्दुरुस्ती अत्यावश्यक तत्व हो भनेर बुझाउनु थियो । त्यसका लागि उपयुक्त माध्यम खेलकुद नै रह्यो ।

‘कभर्डहल चाहियो’

राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही राम्रो खेल्छिन्, कम बोल्छिन् । बोल्न लजाउँछिन् । एसियन सेन्ट्रल जोन सिनियर वुमेन्स भलिबलको ट्रफी बोकेर बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएपछि स्वागत गर्न पुगेका खेलकुदमन्त्री महेश्वरजंग गहतराजसँग आँखा जुधाएरै भनिन्– अब कभर्डहल चाहियो ।

राष्ट्रिय खेल : पूर्वाधार न बजेट

एसियन सेन्ट्रल जोन भलिबलका लागि बंगलादेश प्रस्थान गर्नुअघि युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज उपस्थित कार्यक्रममा नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दको बिलौना थियो– राष्ट्रिय खेल घोषणा गर्नुबाहेक हामीलाई सरकारले हेरेन । पूर्वाधार, प्रतियोगिता र योजना कार्यान्वयनमा सहयोग गरेन ।

नेपालद्वारा उपाधि रक्षा

नेपालले एसियन सेन्ट्रल जोन सिनियर वुमेन्स भलिबल च्यालेन्ज कपको उपाधि रक्षा गरेको छ । लगातार दोस्रो संस्करण च्याम्पियन बन्न नेपाललाई अपेक्षाकृत सजिलो भएन । ढाकाको मीरपुरस्थित साहिद सुरवार्दी नेसनल इन्डोर स्टेडियममा उज्वेकिस्तानमाथि ३–२ सेटको जितसँगै नेपालले उपाधि उचालेको हो ।

सेन्ट्रल जोन भलिबलको उपाधिका लागि नेपालले उज्वेकिस्तानसँग खेल्ने

नेपालले एसियन सेन्ट्रल जोन सिनियर वुमेन्स भलिबल च्यालेन्ज कपको उपाधिका लागि उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

क्यानका ६ जना बोर्ड सदस्यको चेतावनी- ‘अर्को दुर्घटना ननिम्तियोस्’

खेलाडीको कारबाही प्रकरणमा ‘नोट अफ डिसेन्ट’ लेखेका नेपाल क्रिकेट संघ क्यानका ६ जना बोर्ड सदस्यले आफ्नै संघ विधि र प्रक्रियामा नचलेको आरोप लगाएका छन् । काठमाडौंमा बुधबार पत्रकार सम्मेलन गरेर उनीहरुले क्यानको यो कार्यसमिति निर्वाचित भएदेखिकै असन्तुष्टिहरुको लामो फेहरिस्त प्रस्तुत गरे ।