२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२६

छैटौं एलपीएल माघमा

धनगढी — विद्यालयस्तरको यू–१९ क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग–६ (एलपीएल) माघ २२ देखि धनगढीमा हुने भएको छ ।

आयोजक लिटल फ्लावर स्पोर्टस एन्ड इभेन्ट्सले प्रतियोगिता फागुन ७ सम्म हुने जनाएको छ । अध्यक्ष रामचन्द्र शाहीले छैटौं संस्करण एलपीएल तयारी अन्तिम चरणमा पुगेको बताए ।

विद्यालयस्तरको क्रिकेटको स्तर उकास्ने उद्देश्यले २०७३ देखि हरेक वर्ष हुँदै आएको छ । विगतमा १६ टिमको सहभागिता रहेकामा यसपालि १० टिममात्र सहभागी गराइएको अध्यक्ष शाहीले बताए । विजेताले १ लाख ५० हजार र उपविजेताले ७५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

प्रकाशित : पुस ११, २०७८ ०७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?