कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६६

धुलिखेल मेयर कपको उपाधि पाँचखाललाई 

काभ्रे — धुलिखेल मेयर कप फुटबलको उपाधि पाँचखाल स्पोर्टस एकेडेमीले जितेको छ । शुक्रबार भएको फाइनल खेलमा काभ्रे बोर्डर युथ क्लबलाई २–० ले हराउँदै पाँचखालले उपाधि जितेको हो ।

धुलिखेल मेयर कपको उपाधि पाँचखाललाई 

पाँचखालका लागि २५ मिनेटमा उर्गेन शेर्पाले पहिलो र युवराज ढकालले पहिलो हाफको अक्तिरिक्त १ मिनेटमा गोल गरेका थिए । उर्गेन नै म्यान अफ द म्याच घोषित भए । काभ्रे बोर्डरले गरेका प्रयास सफल हुन सकेन । विभागीय नेपाल आमीको बी टिमलाई हराएर पाँचखाल र काठमाडौं विश्वविद्यालयको टिमलाई सेमिफाइनलमा हराएर काभ्रे बोर्डर फाइनल प्रवेश गरेका थिए ।

विजयी टिमले नगद २ लाख र उपविजेताले १ लाखसहित ट्रफी र मेडल पाए । उनीहरु पुरस्कार धुलिखेल नगरपालिका प्रमुख अशोककुमार व्याञ्जु श्रेष्ठले प्रदान गरे ।

पाँचखाल स्पोर्टस् एकेडेमीका अनिल तामाङ उत्कृष्ट खेलाडी घोषित भए । पाँचखालकै अनिल खड्का उत्कृष्ट मिडफिल्ड, चन्दन दास सर्वाधिक गोलकर्ता, विष्णु केसी उत्कृष्ट गोलरक्षक र काभ्रे बोर्डरका सतिस सुवाल उत्कृष्ट डिफेन्स घोषित भए ।

धुलिखेलस्थित आकाश भैरव क्लबको आयोजनामा मंसिर २६ गते सुरु भएको प्रतियोगितामा विभिन्न जिल्लाका १९ टिम सहभागी भएको कार्यक्रम संयोजक जयोज नरसिं श्रेष्ठले जानकारी दिए ।

क्लबले २०७४ सालदेखि मेयर कप प्रतियोगिता गर्दै आएको छ ।

प्रकाशित : पुस ९, २०७८ १७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×