कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

ए डिभिजन लिग : थ्री स्टार र एनआरटी बराबरीमा

काठमाडौँ — सहिद स्मारक लिग ए डिभिजन ०७८ को दशरथ रंगशालामा शनिबार भएको खेलमा थ्री स्टार र एनआरटीले गोलरहित बराबरी खेलेका छन् । यो नतिजाले दुवै टिमलाई घाटा हुनेछ, तर सबैभन्दा बढी चोट थ्री स्टारलाई परेको छ ।

ए डिभिजन लिग : थ्री स्टार र एनआरटी बराबरीमा

थ्री स्टारको यो लगातार तेस्रो बराबरी हो, त्यसमध्ये यो लगातार दोस्रो गोलरहित बराबरी रहेको छ । प्रतियोगिता अगाडि उपाधिको प्रत्यासी मानिएको थ्री स्टार छ अंकमा पाँचौं स्थानमा छ र शीर्ष स्थानमा रहेको मनाङ मर्स्याङ्दीभन्दा सात अंकले पछाडि परिसकेको छ ।

एनआरटी पनि छ अंकमै रह्यो र सातौं स्थानमा उक्लिन सफल रह्यो । एनआरटी भने उद्घाटन खेलमा पराजित भएयता त्यसपछाडिका चार खेलमा अपराजित छ ।

प्रकाशित : पुस ३, २०७८ १९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×