कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रियलको दसौं जित, बार्सिलोना ओसासुनासँग बराबरीमा रोकियो

काठमाडौँ — रियल म्याड्रिडले स्पेनी ला लिगामा आइतबार राति लगातार दसौं जित निकालेको छ । यसका लागि छिमेकी एटलेटिको म्याड्रिडलाई सजिलै २–० ले हरायो । बार्सिलोना भने अर्को खेलमा ओसासुनासँग २–२ को बराबरीमा रोकियो ।

रियलको दसौं जित, बार्सिलोना ओसासुनासँग बराबरीमा रोकियो

रियलको जितमा करिम बेन्जेमा र मार्को एसेन्सोले एक-एक गोल गरे । डिफेन्डिङ च्याम्पियन एटलेटिकोमाथि प्राप्त यो जितपछि रियलले लिग तालिकाको शीर्ष स्थानमा आठ अंकको स्पष्ट अग्रता खोलेको छ । उसको १७ खेलबाट ४२ अंक छ भने एक खेल कम खेलेको सेभिया ३४ अंकमा छ ।

बार्सिलोना भने १६ खेलबाट २४ अंकमा आठौं स्थानमा रहेको छ ।

प्रकाशित : मंसिर २७, २०७८ ०७:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?