कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

काठमाडौं ओपन गल्फ : रवि दुई स्ट्रोक अगाडि

काठमाडौँ — रवि खड्का सूर्य नेपाल काठमाडौं ओपन गल्फमा तेस्रो दिन बुधबार २ अन्डर ६६ खेल्दै शीर्षस्थानमा उक्लिएका छन् । उनले ५४ होलको समाप्तिमा ७ अन्डर १९७ स्कोर खेल्दै दुई स्ट्रोकको अग्रता लिएका हुन् ।

काठमाडौं ओपन गल्फ : रवि दुई स्ट्रोक अगाडि

सुरुका नौ होलमा इभन पार ३४ खेलेका रविले त्यसपछिको स्कोर २ अन्डर ३२ मा राखेका थिए । रोयल नेपाल गल्फ क्लबमा भइरहेको सूर्य नेपाल गल्फ टुर २०२१/२२ को पहिलो प्रतियोगितामा रविलाई दुई स्ट्रोक अन्तरमा रहेर दिनेश प्रजापति, जयराम श्रेष्ठ र भुवन नगरकोटी (समान ५ अन्डर १९९) ले पछ्याइरहेका छन् । तेस्रो चरणमा दिनेशले ३ अन्डर ६५, जयरामले १ अन्डर ६७ र शीर्षस्थानमा रहेर दिनको खेल सुरु गरेका भुवनले १ ओभर ६९ स्कोर गरे । दिनकै उत्कृष्ट ५ अन्डर ६३ को कार्ड बनाएका भुवन कुमार रोक्का समग्रमा ३ अन्डर २०१ स्कोरसहित शीर्ष पाँचमा उक्लिए ।

१३ औं दक्षिण एसियाली खेलकुद २०१९ मा दुई स्वर्णपदक विजेता सुवास तामाङ २ ओभर ७० स्कोर गर्दै छैटौंमा रहे । समग्र स्कोर २ अन्डर २०२ बनाएका उनी एमेच्योरतर्फ सबभन्दा अगािड छन् । इभन पार ६८ खेलेका धनबहादुर थापा (इभन पार २०४) सातौंमा छन् । दिनको स्कोर इभन पार ६८ मै राखेका अर्का प्रो शुक्रबहादुर राई, समान ७१ स्ट्रोक खेलेका कुमार कामी र सञ्जय लामा (तीनै जनाको स्कोर १ ओभर २०५) शीर्ष दसमा छन् । कुमार पहिलो दिन जयरामसँगै ६ अन्डर ६२ खेल्दै शीर्षस्थानमा रहेका थिए । कुल ६ लाख ४० हजार रुपियाँ पुरस्कारको प्रतियोगितामा विहीबार उपाधिको छिनोफानो हुनेछ ।

प्रकाशित : मंसिर २२, २०७८ २२:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?