कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आर्सनलमाथि एभर्टनको पुनरागमन जित

एएफपी

लन्डन — एभर्टनले खेलको अन्तिम ११ मिनेटमा दुई गोल गर्दै इंग्लिस प्रिमियर लिगमा आर्सनलमाथि सोमबार २–१ को जित निकालेको छ । यो जितले एभरटन व्यवस्थापक राफेल बेनिटेजमाथि दबाब कम भएको छ ।

आर्सनलमाथि एभर्टनको पुनरागमन जित

आर्सनलमाथि प्राप्त यस पुर्नआगमन जितले एभर्टनको आठ खेलमा जितविहीन यात्रा पनि टुंगेको छ । डेमाराई ग्रेले एभरटनका लागि विजयी गोल गरे । यसअघि रिचार्लिसनले उत्कृष्ट गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

मार्टिन ओडेगार्डले आर्सनललाई अग्रता दिलाएका थिए । यो जितपछि एभर्टनको १५ खेलबाट १८ अंक भएको छ र १२ औं स्थानमा उक्लिन सफल भएको छ । आर्सनल २३ अंकमा सातौं स्थानमा छ ।


प्रकाशित : मंसिर २१, २०७८ ०७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?