कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
सहिद स्मारक 'ए' डिभिजन लिग

आर्मी बीबीसीको सामना गर्दै

काठमाडौँ — सहिद स्मारक लिग 'ए' डिभिजन २०७८ मा आइतबार एकै खेल मात्र हुनेछ । दशरथ रंगशालामा हुने त्यस खेलमा आर्मीले ब्रिगेड ब्वाइज .(बीबीसी) को सामना गर्नेछ ।

आर्मी बीबीसीको सामना गर्दै

आफ्ना सुरुआती दुई खेलमा अपराजित बीबीसीको चार अंक छ र पाँचौं स्थानमा छ । उसले एपीएफलाई हराएरयता एनआरटीसँग बराबरी खेलेको हो । आर्मीले आफ्ना दुवै सुरुआती खेलमा बराबरी खेलेको छ र दुई अंकमै सीमित रहेर नवौं स्थानमा रहेको छ ।

आर्मीले पुलिस र मछिन्द्रसँग बराबरी खेलेको हो । माथिल्लो डिभिजनको लिग इतिहासमा आर्मीले बीबीसीविरुद्धका सबै खेल जितेको छ र अबको खेलमा पनि जित निकाल्ने अपेक्षा राख्नेछ ।

प्रकाशित : मंसिर १९, २०७८ ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?