कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गोल्डेनगेट ‘ए’ विजयी

काठमाडौँ — गोल्डेनगेट ‘ए’ ले थ्री बाइ थ्री पुरुष बास्केटबल प्रतियोगितामा शुक्रबार कीर्तिपुर ‘ए’ लाई २१–१५ स्कोरले पराजित गरेको छ ।

नेपाल बास्केटबल संघको सहयोगमा ललितपुर जिल्ला बास्केटबल संघले आयोजना गरेको प्रतियोगितामा नेपाली सेना ‘ए’ ले नखिपोट ‘ए’ लाई २१–८, बूढानीलकण्ठ ‘ए’ ले युलेन्सलाई १९–१७, कीर्तिपुर ‘बी’ ले नखिपोट ‘सी’ लाई २१–६, टाइम्स ‘ए’ ले गोल्डेनगेट ‘बी’ लाई १९–१४, रोयल्सले कीर्तिपुर ‘सी’ लाई २१–६ र विशाल मिलन केन्द्रले भनीमण्डललाई २१–१२ स्कोरले हराए ।

प्रतियोगिताको नेपाल बास्केटबल संघका कार्यबाहक अध्यक्ष भीमसेन गुरुङले उद्घाटन गरे । उद्घाटनका अवसरमा बास्केटबल संघका पूर्वअध्यक्ष टेन्डी शेर्पाको सम्झनामा १ मिनेट मौनधारण गरिएको थियो । लिगकम नकआउट आधारमा भइरहेको प्रतियोगितामा २० टिम सहभागी छन् । विजेताले ४० हजार र उपविजेताले २० हजार पुरस्कार पाउनेछन् । ‘मोस्ट भ्यालुएबल प्लेयर’ ले १० हजार पाउनेछन् । फाइनल आइतबार हुनेछ ।

प्रकाशित : मंसिर १८, २०७८ ०८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?